त्रिविका उपकुलपितको स्पष्टीकरण– परीक्षामा त्रुटि भएको हो, दोषीलाई कारबाही हुन्छ

गणतन्त्र नेपाल समाचारदाता

  त्रिभुवन विश्वविद्यालयको स्नातक र स्नातकोत्तर तहको प्रश्नपत्रमा भएको त्रुटिबारे विश्वविद्यालयका उपकुलपित धर्मकान्त बास्कोटालाई संसदको शिक्षा तथा स्वास्थ्य समितिले स्पष्टीकरण मागेको छ ।

आज बसेको समिति बैठकमा बास्कोटाले परीक्षाको प्रश्नपत्रमा त्रिविकै प्राध्यापकहरुबाट बदमासी भएका कारण त्रुटि भएको स्वीकार गरेका छन् । प्रश्नपत्र बनाउने क्रममा बदमासी गर्ने प्राध्यापकहरुलाई तीन वर्षका लागि निलम्बन गरिएको र समितिले सिफारिस गरेअनुसार थप कारबाही प्रक्रिया अघि बढाइने बास्कोटाले बताए ।

असार १८ र २३ गते त्रिवीको स्नातकोत्तर विषयका मानविकी अन्तरगतका दुईवटा विषयमा गत वर्षको प्रश्न हुबहु दोहोरिएपछि परीक्षा रद्द भएको थियो ।

त्यसलगत्तै असार २२ र २५ गते स्नातक तहका दुईवटा विषयको प्रश्नपत्र पनि दोहोरिएपछि परीक्षा साउन १ गतेलाई सारिएको थियो ।

मा प्रकाशित