लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

गणतन्त्र नेपाल समाचारदाता

आज मंगलबार लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ ।

अहिले प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै आज दिउँसो लुम्बिनी प्रदेशमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । आज बिहान प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ भने प्रदेश १, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

भारी वर्षाका कारण पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

 

मा प्रकाशित