लामो समयको पर्खाइपछि धरानमा खानेपानी समस्याको अन्त्य भएको छ ।
स्थानीय तहको चुनावबाट निर्वाचित भएका मेयर हर्क साम्पाङले धरानमा भएको खानेपानी समस्याको अन्त्य गरेका छन् ।
खोलाबाट खानेपानी ल्याउनका लागि आफैँ खटिएका साम्पाङ अहिले आनन्दको सास फेरिरहेका छन् । स्थानीय चुनावमा खानेपानी समस्याको एजेण्डा लिएर स्वतन्त्रमा उम्मेद्वारी दिएका साम्पाङ विजयी भएलगत्तै खानेपानी समस्याको समाधानका लागि अघि बढेका थिए । धरानमा खानेपानी ल्याउनका लागि खोलामा ढुंगा बोक्नेदेखि लिएर गिट्टी कुट्नसम्मका लागि उनी खटिएका थिए ।
धरानमा खानेपानी समस्याको समाधान भएपछि उनले आफ्नो सामाजिक संजालमा लेखेका छन्, “म एउटा माध्यम मात्रै हुँ ! गर्ने सबै धराने जनता हुन् ! सबै सबै लाई सबै सबैलाई अति धेरै सम्मानका साथ धन्यवाद ! आज पकुवाको पानी सर्दु छेउको बस्तीमा आइपुग्यो ! यो देख्दा आँखा रसाएकोछ मेरो ! आखिर म जनताको सेवक न परें ! यति सेवा गर्न पाउँदा म अत्यन्तै खुसीछु ! विरोधीहरुका लागि यो सानो काम होला तर मेरो लागि यो कामको अर्थ अपरम्पार छ !”