लुम्बिनी प्रदेश स्तरिय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सम्पन्न

गणतन्त्रनेपाल समाचारदाता, दाङ

दाङको बेल्झुन्डीमा संचालित १२ औ संघिय तथा प्रथम लुम्बिनी प्रदेश स्तरिय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता २०७९ को उपाधी बाके जिल्लाले जितेको छ ।

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्त्वावधान तथा लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजनामा संचालित प्रतियोगितामा १९ स्वर्ण ७ रजत र १० कास्य पदक हात पार्दै बाकेले उपाधी जितेको हो । उपाधीसंगै उसले लुम्बिनी प्रदेश स्तरिय रनिङ शिल्ड उचाल्यो ।

त्यस्तै बर्दिया जिल्ला ९ स्वर्ण ९ रजत र १२ कास्य पदकका साथ द्वितिय हुदा दाङ ६ स्वर्ण, ११ रजत र १३ कास्य पदक हात पार्दै तृतिय भयो भने कपिलवस्तु जिल्ला ६ स्वर्ण, ४ रजत र २ कास्य पदकका साथ सान्त्वना भयो । यसैबिच प्रतियोगिता अन्तरगत कराते छात्रमा गुल्मी जिल्लाका हिमाल क्षेत्री र छात्रामा दाङकी डोल्मा थापा उत्कृष्ट खेलाडी घोषित भए । त्यस्तै एथलेटिक्समा छात्रमा बाकेका युब राज बिक र छात्रामा दाङकी निशा चौधरी उत्कृष्ट खेलाडी भए । त्यस्तै उसु तर्फ छात्रमा बाकेका सुदिप रोका मगर र छात्रामा बर्दियाकी लिन्दा दहित उत्कृष्ट भए । त्यस्तै भलिबल छात्रमा रुपन्देहीका बादल राना र छात्रा तर्फ रुपन्देहिकै सपना डागी उत्कृष्ट खेलाडी भए ।

प्रतियोगितामा ब्यक्तिगत बिधा अन्तरगत एथलेटिक्स,उसु,करातेमा प्रथम स्थान हात पारेका खेलाडि र टिम गेम तर्फको कबडी,भलिबलमा छनोटका आधारमा टिम तयार गरिनेछ । छनोटमा परेका खेलाडिले यहि असार २८ देखि ३० गते सम्म हुने राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्नेछ्न् । यसैबिच प्रतियोगिताको समापन समारोह लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जय प्रकाश भट्टराईको अध्यक्षता तथा उर्जा जलश्रोत तथा सिचाई राज्य मन्त्री अर्जुन कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भएको थियो ।

सो अबसरमा बिजेता टिम तथा खेलाडी लाई कार्यक्रमका प्रमुख अतिथी श्रेष्ठ, लुम्बिनी प्रदेश खेलकुद परिषदका कोषाध्यक्ष कोशिस खड्का, दाङ जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राज कुमार पोख्रेल हमाल,लुम्बिनी प्रदेश तेक्वान्दो संघका अध्यक्ष बिमल रिजाल, तुम्बिनी प्रदेश भलिबल संघका अध्यक्ष देवेन्द्र बैरागी,तुलसिपुर उधोग बाणिज्य संघका अध्यक्ष राम प्रसाद चालिसे लगाएतले शिल्ड,ट्रफी,मेडल तथा प्रमाणपत्र प्रदान गर्नु भएको थियो । कार्यक्रमको संचालन खेल पत्रकार लक्ष्मण बस्नेतले गर्नु भएको थियो ।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID