एनएसए पौडी आजबाट

गणतन्त्र नेपाल समाचारदाता

नेपाल पौडी संघको वार्षिक कार्यक्रम अनुसारको १०औं एनएसए कप खुल्ला तथा उमेर समूह पौडी प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।

प्रतियोगितामा ५४ स्वर्ण पदकका लागि ८४ महिला तथा १३७ पुरुष गरी कुल २२१ खेलाडीहरुले प्रतिस्पर्धा गर्ने भएका छन् ।

प्रतियोगितामा जुनियर खेलाडीहरुको हौसला अभिवृद्धि गर्ने उद्धेश्यले जुनियर विधाका १० बर्ष, १२ बर्ष, १४ बर्ष र १७ वर्ष मुनिका प्रत्येक विधाका एक महिला र एक पुरुष खेलाडीलाई उमेर समूहको उत्कृष्ट खेलाडी घोषित गरिनुका साथै ट्रफीले सम्मान गरिने संघले जनाएको छ ।

मित्र राष्ट्र चिनमा आयोजना हुने १९औं एसियन गेम्सको छनौटका लागि रहेको यस प्रतियोगिताबाट खेलाडीहरुले प्राप्त गरेको उच्चतम फिना अंकका आधारमा ४ पुरुष र ४ महिला खेलाडीहरुको छनोट हुने अध्यक्ष अशोक बज्राचार्यले बताए ।

प्रतियोगिताका दौरान मिति २०७६ मंसिर १५ देखि २४ गते सम्म आयोजना भएको १३ औं दक्षिण एशियाली खेलकुदमा अत्याधिक पदक प्राप्त गर्दै इतिहास रच्न सफल गौरिका सिंह लगायत अन्य पदकधारी खेलाडीहरुलाई नगदसहित सम्मान गर्ने कार्यक्रम रहेको छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID