गढवा गाउँपालिकाद्वारा किसानलाई पावर टिलर वितरण

आलोक भावुक

गढवा गाउँपालिकाले पालिका भित्रका १५ जना किसानलाई १८ हर्स पावरको पावर टिलर बितरण गरेको छ ।

गढवा गाउँपालिका प्रमुख यम नारायण शर्मा पाेख्रल विश्वासले किसानको उत्पादन वूद्धि गर्ने, कृषि पेसालाई बढाउने, कृषकलाई जिवनयापन गर्न सजिलो होस् । जोतभोग गर्न सजिलो होस् भन्ने उद्देश्य कृषि समुह,सहकारी,तथा व्यक्तिगत फर्म गरेर १५ जना किसानलाई पावर टिलर हस्तान्तरण गरिएको जानकारी दिनु भयो । आउँदा दिनहरुमा पनि पालिकाले किसानहरुका समस्याहरुलाई मध्ये नजर गर्दै किसानको हक हितका लागि सदैव काम गर्ने बताउनु भयो।

याे बहुउपयाेगी प्रविधी भएकाले किसानका लागि सहज र सरल हुन्छ । व्यावसायिक रुपमा खेती गर्ने कुषक र समुहका लागि समय व्यवस्थावनमा यसले सघाउ पुर्याउँछ ।

२०७८/०७९ को स्वीकृत कार्यक्रमको कृषि यान्त्रीकरण कार्यक्रम अन्तरगत छनौटमा परेका कृषि समुह, सहकारी संस्था, कृषि फर्महरुलाइ ५० प्रतिशत अनुदानमा गढवा गाउँपालिकाले १५ जना किसानलाइ १८ हर्स पावरको पावर टिलर वितरण गरेको हो ।

पावर टिलर प्राप्त गरेका किसानहरुलाई ह्यान्डल हस्तान्तरण गर्दै पालिका उपाध्यक्ष शारदा चाैधरीले कृषकलाई खेती गर्न सहज हुने, किसानहरुलाई छोटो समयमा धेरै खेती गर्न सहज हुने, समयको बचत हुने कृषि प्रति आकर्षित हुनेमा आफु विश्वस्त रहेकाे बताउनु भयाे  ।

 

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID