
अभिनेत्री नीता ढुंगाना र ज्योतिषी तथा अभिनेता हरिहर अधिकारीले बिहे गरेका छन्।
४ वर्षदेखि प्रेम सम्बन्धमा रहेका नीता र हरिहरले शुक्रबार बिहे गरेका हुन्। उनीहरूको विवाह समारोह दरबारमार्गस्थित याक एण्ड यति होटलमा चलिरहेको छ।
उनीहरूको बिहेमा नजिकको आफन्त र परिवारलाई मात्र बोलाइएको छ। फिल्म क्षेत्रबाट रेखा थापा, अनु शाह, सरोज खनाललगायत सहभागी छन्।
उनीहरूले २६ गते सोही होटलमा रिसेप्सन पार्टी राखेका छन्। रिसेप्सनका लागि ‘गजनी’का भिलेन प्रदीपसिंह रावत पनि आउने चर्चा छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']




