पहाडमा खाद्यान्न अभावको जोखिम

बर्खा लागेपछि खच्चर हिँड्ने बाटो बन्द हुन्छन्, बाटो बन्द नहुँदै ढुवानी भएन भने समस्या सुरु हुन्छ

गणतन्त्र नेपाल समाचारदाता

समस्या हुने देखिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पालिकाका लागि तोकेको परिमाणमा ढुवानी हुन नसकेपछि खाद्यान्न संकटको जोखिम बढेको हो । कम्पनीले साइपालका लागि यो रेक वर्ष वर्षात्को सुरुवातसँगै सुदूरपश्चिमका दुर्गम पहाडी क्षेत्रमा खाद्यान्न अभाव हुने गरेको छ । विभिन्न जिल्लामा सडक विस्तार भएसँगै खाद्यान्न ढुवानी सहज हुॅदै गए पनि तर सरकारी कोटाको खाद्यान्नको भरमा रहेका गाउँमा बर्खामा सडक यातायात अवरुद्ध हुन थालेपछि ढुवानी हुन नसक्दा अभाव हुने गरेको हो । सुदूरपश्चिमका पहाडी जिल्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रादेशिक कार्यालय धनगढीले खाद्यान्न आपूर्ति गर्दै आएको छ ।

साइपालमा बर्सेनि अभाव

प्रत्येक वर्ष बर्खा र हिउँदमा खाद्यान्न अभावको समस्या झेल्दै आएको बझाङको साइपाल गाउँपालिकामा यस वर्ष पनि आर्थिक वर्षभित्र ढुवानी सक्नेगरी ५ हजार क्विन्टल चामल छुट्याएको थियो । विनियोजन भएको अनुदानसहितको ३ हजार क्विन्टल चैत अगावै खपत भइसकेको र बाँकी दुई हजार क्विन्टल ढुवानी नभएका कारण खाद्यान्न समस्या हुने अवस्था भएको स्थानीयले बताएका छन् । ‘पहिलाको चामल सकिन लागिसकेको छ । अहिलेसम्म पनि बाँकी खाद्यान्न पालिकामा पुगेको छ्रैन,’ काँडा माविका शिक्षक बमबहादुर बोहराले भने, ‘अब बर्खा लागेपछि खच्चर हिँड्ने बाटो बन्द हुन्छन् । बाटो बन्द नहुँदै ढुवानी भएन भने समस्या हुनेछ ।’

गाउँपालिका अध्यक्ष मानबहादुर बोहराले भने चामल ढुवानीका क्रममा रहे पनि खाद्यान्न अभावको जोखिम भने कायमै रहेको बताए । उनले सरकारले तोकेको कोटा बराबरको चामल ढुवानी हुन सक्ने अवस्था नरहेको बताए । ‘अहिले १ हजार क्विन्टल चामल छिमेकी तलकोट गाउँपालिकासम्म पुर्‍याइएको छ । बाँकी ढुवानी हुने अवस्था छैन,’ उनले भने, ‘उतै स्थायी डिपो राखिदेऊ भनेर धेरै हारगुहार गर्दा पनि कोही सुन्दैनन् । हामीले हिउँद बर्खा दुवै सिजनमा खाद्यान्न अभाव झेल्नुपर्छ ।’

वर्षासँगै समस्या

वर्षात्मा सडक यातायात अवरुद्ध हुने बाजुरामा समयमै ठेकेदारले चामल ढुवानी नगर्दा खाद्यान्न अभाव हुने देखिएको छ । खाद्यान्न संकटको जोखिम क्षेत्र मानिने बाजुरामा कम्पनीका दुईवटा डिपो छन् । मार्तडी र कोल्टीमा रहेका ती डिपोमा मौज्दात चामलको परिमाण न्युन रहेकाले खाद्यान्न अभाव बढ्ने देखिएको हो । कोल्टी क्षेत्रका बासिन्दा कोल्टीस्थित खाद्यको डिपोमै निर्भर रहनुपर्ने बाध्यतामा हुन्छन् । अधिकांश समय किनेर खानुपर्ने बुढीनन्दा नगरपालिका, स्वामीकात्तिक, हिमाली र जगन्नाथ गाउँपालिका बासिन्दा कोल्टी डिपोमै निर्भर छन् । वर्षाका लागि कम्तीमा ७ हजार क्विन्टल आवश्यक पर्ने कोल्टी क्षेत्रमा हाल कोल्टीमा २ हजार ४ सय क्विन्टल चामल मौज्दात छ । चालु आर्थिक वर्षका लागि ५ हजार क्विन्टल चामलको कोटा विनियोजित कोल्टी डिपोमा अपुग भएपछि ५ हजार क्विन्टल चामलको कोटा थपिएर ढुवानीको ठेक्का गरिएको थियो ।

राजापुर बर्दियाका नन्दबहादुर महतारा र बाजुराका हंशबहादुर सिंहले ठेक्का सम्झौता गरेको कम्पनीका मार्तडी प्रमुख मेघराज ओझाले बताए । उनीहरूले चामल भने ढुवानी नगरेको ओझाको भनाइ छ । अपुग भएपछि मार्तडीका लागि पनि ५ हजार क्विन्टल चामलको कोटा थप भएको थियो । ३ सयबाहेक अन्य सबै ढुवानी भइसकेको ओझाले बताए । कोल्टी क्षेत्रमा उत्पन्न हुने खाद्यान्न अभाव समाधान गर्न सोमबार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बैठक बसेको छ । उक्त बैठकले बुढीनन्दा नगरपालिका ७, ८, ९ र १० वडाका लागि वितरण केन्द्र स्थापना गरेर आपूर्तिको व्यवस्था गर्न कम्पनीसमक्ष अनुरोध गर्ने निर्णय गरेको छ । यस्तै सम्झौताअनुसार ढुवानी नगर्ने ठेकेदारलाई पनि तत्काल ढुवानी व्यवस्थापन गर्न गराउन कम्पनीसमक्ष अनुरोध गरिएको छ । कम्पनीले सदरमुकाम मातडीमा रहेको डिपोबाट मोटा चामल प्रतिकिलो ४५ र मसिनो चामल ६६ रुपैयाँ प्रतिकिलो बिक्रीवितरण गर्ने गरेको कम्पनीका मार्तडी प्रमुख ओझाले बताए । यस्तै कोल्टीबाट मोटा चामल प्रतिकिलो ४८ र मसिनो चामल ६८ रुपैयाँ प्रतिकिलोमा बिक्रीवितरण हुँदै आएको छ ।

दार्चुलामा पनि मौज्दात न्यून

यातायातको पहुँच नभएको अपीहिमाल गाउॅपालिकाको खण्डेश्वरी डिपोमा यो बर्खाका लागि ८ सय क्विन्टल चामल मौज्दात रहेको जनाइएको छ । कम्पनीको खण्डेश्वरी डिपोका कर्मचारी नरभान ठेकरेका अनुसार ३५ सय क्विन्टल कोटा रहेको खण्डेश्वरी डिपोमा चालु आवकै एक हजार क्विन्टल चामल ढुवानी हुन बाँकी छ । पूरै कोटा ढुवानीका लागि गोदामको समस्या रहेको ठेकरेले बताए । अब बर्खा लागिसकेकाले ढुवानी हुने सम्भावना न्यून रहेको उनले बताए ।

त्यस्तै व्यास गाउँपालिका–२ राप्ला र ४ सुन्सेरामा कम्पनीले ठेकेदारमार्फत चामल वितरण गर्दै आएको छ । राप्लामा ५ सय क्विन्टल र सुन्सेरामा ८ सय क्विन्टल चामल ढुवानी भइसकेको छ । सुन्सेरा क्षेत्रमा खाद्यान्नको माग धेरै र कोटा थोरै भएकाले यो बर्खालाई खाद्यान्न मौज्दात नरहेको सुन्सेरा बिक्री केन्द्रका बिक्रेता भट्ट बद्रर्स एन्ड सप्लायर्सले जनाएको छ । सुन्सेरा बिक्री केन्द्रका धेरै उपभोक्ता रहेकाले चामल ढुवानी भएको केही दिनमा बिक्री भइसक्छ । सुन्सेरा बिक्री केन्द्रबाट व्यासका ४ वटा ठूलो वडाका बासिन्दा रहेकाले सरकारले सुन्सेराका लागि कोठा थप्नुपर्ने बिक्रेता नरेन्द्रदत्त भट्टको भनाइ छ । राप्ला बिक्री केन्द्रमा अहिले एक सय क्विन्टल चामल मौज्दात छ । यो मौज्दातले बर्खासम्म धान्ने अवस्था छैन । बर्खामा ढुवानीको समस्या भएकाले खाद्यान्नको समस्या सिर्जना हुने भट्टले बताए । बर्खा लागेपछि बाटोकै समस्याका कारण व्यापारीको चामल पनि नपुग्ने र महँगो हुने भएको छ । सुन्सेरा क्षेत्रमा खाद्यान्नको माग धेरै र कोटा थोरै भएकाले यो बर्खालाई खाद्यान्न मौज्दात नरहेको सुन्सेरा बिक्री केन्द्रका बिक्रेता भट्ट बद्रर्स एन्ड सप्लायर्सले जनाएको छ । वर्षाले यहाँसम्मको बाटो बन्द भएको छ । दिनमा खोले रातिको पानीले बाटो बन्द भइरहेको छ । बर्खामा ढुवानीको समस्या भएकाले खाद्यान्नको समस्या सिर्जना हुने भट्टले बताए ।

ढुवानी र भण्डारणको समस्या

खाद्यान्न आपूर्ति गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बर्खामा बाटोघाटो बन्द हुने भएकाले खाद्यान्न ढुवानी गर्न नसकिने बताएको छ । कम्पनीको सुदूरपश्चिम प्रादेशिक कार्यालयका सूचना अधिकारी जगतबहादुर कुँवरले बर्खामा बाटोघाटो बन्द हुनुअघि नै ढुवानी गर्न खाद्यसंकट क्षेत्रमा भण्डारणको समस्या रहेको बताए । ‘बाजुराको कोल्टी र दार्चुलाको खण्डेश्वरी डिपोमा कम्पनीको कर्मचारी र गोदाम छ,’ उनले भने, ‘अन्य ठाउँमा ढुवानीकर्ता ठेकादारले नै बिक्री गरेर फर्कनुपर्ने स्थिति छ ।’ मोटरबाटो पुगिसकेको अधिकांश ठाउँमा अहिले व्यापारीको चामल पुग्ने भएकाले खाद्य कम्पनीको बिक्री नहुने गरेको उनले बताए । बर्खा लागेपछि बाटोकै समस्याका कारण व्यापारीको चामल पनि नपुग्ने र महँगो हुने भएकोले स्थानीयले कम्पनीको खाद्यान्न माग गर्ने गरेको बताए ।

बझाङ, बाजुरा र दार्चुला खाद्यान्न अभाव हुने प्रमुख जिल्ला हुन भने अछाम र बैतडीको केही क्षेत्रमा पनि विगतका वर्षमा सरकारी कोटाको चामल पठाइने गरिएको थियो । खाद्यसंकट हुने सुदूरपश्चिमका ५ पहाडी जिल्लाका लागि खाद्य व्यापार कम्पनीको प्रादेशिक कार्यालयले वार्षिक कोटा निर्धारण गरेर अनुदानमा खाद्यान्न ढुवानी व्यवस्था गर्दै आएको छ । सूचना अधिकारी कुँवरका अनुसार चालु आर्थिक वर्षमा पहाडी जिल्लाको कोटाको चामल लगभग ढुवानी गरिसकेको बताए । उनले केही स्थानमा चामल बिक्री नै नभएर र दुई टाउमा ढुवानी टेन्डर नै नपरेर अन्य स्थानमा ७५ प्रतिशतभन्दा बढी कोटाको चामल ढुवानी भइसकेको जानकारी दिए । सबैभन्दा ठूलो समस्या ढुवानी गरेको खाद्यान्न कहाँ राख्ने भन्ने रहेको कुँवर बताउँछन् । उनका अनुसार स्थानीय तहले खाद्यान्न अभाव हुने ठाउँमा भण्डारणको व्यवस्था गरिदिएमा समयमै कोटाको खाद्यान्न ढुवानी गरेर भण्डारण गर्न सकिने बताए ।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID