गोली लागेका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आवेको अवस्था अझै अज्ञात छ । नारा सहरमा आयोजित एक कार्यक्रममा उनीमाथि गोली प्रहार भएपछि बेहोस भएका थिए ।
आबेलाई दुईपटक गोली हानिएको थियो । दोस्रोपटक गोली पछाडि लागेपछि उनी भुइँमा लडेका थिए । रिपोर्टहरूका अनुसार घटनास्थलबाट करिब ४० वर्षे पुरुष आक्रमणकारीलाई पक्राउ गरिएको जापानी समाचार संस्था एनएचकेले जनाएको छ ।
टोकियोका पूर्वगभर्नर योइची मासुजोले एक ट्विटमा ६८ वर्षीय आबे कार्डियोपल्मोनरी अरेस्ट अर्थात् श्वास बन्द भएको अवस्थामा रहेको बताएका छन् । जापानमा मृत्युको आधिकारिक पुष्टि हुनुअघि यो शब्द प्रायः प्रयोग गर्ने गरेको बीबीसीले जनाएको छ ।
“पूर्वप्रधानमन्त्री आबेलाई स्थानीय समयअनुसार राति ११ : ३० बजे नारामा गोली प्रहार गरिएको थियो ।
ली प्रहार गर्ने एकजनालाई हिरासतमा लिइएको छ । पूर्व प्रधानमन्त्री आबेको अवस्था अहिले अज्ञात छ,” मन्त्रालयका मुख्य सचिव हिरोकाजु मात्सुनोले पत्रकारहरूलाई भने ।