दुई दिनमै ३ हजार घट्यो सुनको भाउ

गणतन्त्र नेपाल समाचारदाता

सुनको मूल्य ओरालो लाग्न थालेको छ । दुई दिनमै प्रतितोला ३ हजार रुपैयाँले सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ताेलामा १६ सय रुपैयाँ घटेको सुन बिहीबार १४ सय घटेको हो ।

मंगलबार प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार ९६ हजार कायम भएको थियो । आज बिहीबार ९४ हजार ६ सयमा झरेको छ । गत फागुन २५ गते सुनको भाउले प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँको उच्चतम रेकर्ड बनाएको थियो । चाँदीको भाउ भने बिहीबार प्रतितोला १० रुपैयाँ बढेको छ । बुधबार प्रतितोला ११७५ मा कारोबार भएको चाँदी बिहीबार ११८५ रुपैयाँ कायम भएको छ ।

मा प्रकाशित