अश्लील शीर्षकसहितका भिडियो सामग्री युट्युब च्यानलमा राखेर अश्लीलता फैलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
‘फोर रियल टिभी’ नामको युट्युब च्यानल सञ्चालन गरी त्यसमार्फत् अश्लील सामग्री सम्प्रेषण गरेको आरोपमा नुवाकोटका प्रवेश लामालाई प्रहरीले पक्राउ गरेको हो ।
नुवाकोट बेलकोटगढी नगरपालिका ७ का स्थायी बासिन्दा २२ वर्षीय लामा काठमाडौंको बौद्धस्थित तीनचुलेमा बस्दै आएका थिए ।
असार २० गते लामालाई पक्राउ गरी प्रहरीले अदालतबाट ५ दिनको म्याद थप गराएर थप अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीका अनुसार आरोपित लामालाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कसुरमा पक्राउ गरी अनुसन्धान गरिएको हो ।
मा प्रकाशित