दाङ्गको देउखुरीमा नेपालको तेस्रो लामो झुलुङ्गेपुल

गणतन्त्रनेपाल समाचारदाता, दाङ

देउखुरी उपत्यकाको दक्षिणी भूभागका नागरिकहरूलाई पूर्वपश्चिम राजमार्ग सडक सञ्जाल जोड्ने राप्ती नदीमा बनेको नेपालको तेस्रो लामो झुलुङ्गेपुल अहिले देउखुरी क्षेत्रका लागि एउटा आकर्षक पर्यटकीयस्थल बन्नुका साथै एकपटक जानै पर्ने आकर्षक स्थान पनि बनेको छ।

राप्ती गा.पा ३ खुरूरीया र गढवा गा.पा १ बडहरा जोड्ने गरी राप्ती नदीमा निर्माण भएको ८१८.१० मिटर पुल निर्माण कार्य समपन्न भएर यही १६ गते उद्घाटन भएर अहीले सञ्चालनमा आएको छ ।

यसको भारबहन क्षमता २९५ मे.टन अर्थात २११९ पैदल यात्री बराबर रहेको छ। पुलको निर्माण कार्यको सुरुवात २०७७ बाट गरीएको थियो भने कार्य समपन्न २०७९ मा गरीएको हो यसको निर्माण व्यवसायी गाल्वा/जगदम्बा/थानी जे.भि. र डिजाईन सस्था मा सखुवा इन्जिनियरिङ्ग कन्सल्टेन्सी प्रा.लि. रहेको छ ।

यतिबेला पुलको अवलोकन गर्न आन्तरिक पर्यटकको घुईँचो नै लाग्ने गरेकाे छ। यहाँ आन्तरिक पर्यटकको चहलपहल बदेको छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID