चट्याङ लागेर प्युठानमा दुईजनाको मृत्यु, ९ घाइते

गणतन्त्र नेपाल समाचारदाता

प्युठानको ऐरावती गाउँपालिका वडा नं ६ बिजुलीकोटमा चट्याङ लागेर दुईजना बालकको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

सो घटनामा परेर स्थानीय ७ वर्षीय रोमन परियार र १२ वर्षीय किरण परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए ।

सोमबार राति परेको चट्याङ लागेर घाइते भएका दुवैजनाको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको उनले बताए ।

चट्याङबाट ऐरावतीक-६ का ५ जना र १ दाङवाङ्गका ४ जना गरी ९ जना घाइते भएका छन् । त्यसमध्ये दाङबाङकी ७० वर्षीया पोवी नेपालीको अवस्था गम्भीर रहेको थापाले जानकारी दिए । घाइते सबैको जिल्ला अस्पताल बिजुवामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID