एमालेले सातै प्रदेशमा खटायो वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष

गणतन्त्र नेपाल समाचारदाता

नेकपा एमालेले प्रदेश र जिल्ला स्तरमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

आइतबार बसेको पार्टीको सचिवालय बैठकले सातै प्रदेश र जिल्लास्तरमा कार्यकर्ता प्रशिक्षण, निर्वाचन तयारीलगायतको काम गर्ने निर्णय गर्दै उपाध्यक्षहरुलाई प्रदेशमा खटाएको छ ।

एमाले उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङका अनुसार प्रदेश १ मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, मधेशमा उपाध्यक्ष सुरेन्द्र पण्डे, वागमतीमा विष्णु पौडेल, गण्डकीमा अष्टलक्ष्मी शाक्य, लुम्बिनीमा सुवासचन्द्र नेम्वाङ, कर्णालीमा रामबहादुर थापा र सुदूरपश्चिममा युवराज ज्ञवालीलाई संयोजनको जिम्मेवारी तोकिएको छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID