घण्टी नपाउने भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी चुनाव चिन्हको खोजीमा

गणतन्त्र नेपाल समाचारदाता

घण्टी नपाउने भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी चुनाव चिन्हको खोजीमा रवि लामिछानेको नेतृत्वमा घोषित राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव ‘घण्टी’को विकल्पबारे छलफल थालेको छ ।

स्वतन्त्र पार्टीका प्रवक्ता डा. मुकुल ढकालले घण्टीको विकल्प सोचेको बताए । घण्टी चुनाव चिन्ह राष्ट्रवादी पार्टीका नाममा दर्ता भएको थियो । उक्त पार्टी २०७८ मंसिर ३० गते नेपाल सद्भावना पार्टीमा गाभिएपछि घण्टी चुनाव चिन्ह अहिले फ्रिज हुने प्रक्रियामा छ ।

निर्वाचन आयोगले ‘घण्ट’ चिह्न फ्रिज गरेको १ वर्ष समय नपुगेका कारण राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने सम्भवाना न्यून छ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ७ को प्रावधानअनुसार ‘दल एकीकरण भएको वा गाभिएकोमा एकीकरण हुनु वा गाभिनुअघि त्यस्ता दलले प्रयोग गरेको नाम, झण्डा वा चिह्न एकीकरण भएको वा गाभिएको मितिले १ वर्षसम्म कसैले पनि प्रयोग गर्न सक्ने छैन’ भन्ने व्यवस्था छ ।

यसबारे उनले भने, ‘ हामीले घण्टी चुनाव चिन्हको विकल्पमा पनि सोचिराखेका छौं । आयोगले घण्टीको विकल्पमा चुनाव चिन्ह पेस गर्ने भनेको अवस्थामा हामीसँग विकल्प छन् ।’ तर अहिले नै विकल्प यो हो भनेर सार्वजनिक गर्ने पक्षमा नरहेको बताए ।

प्रवक्ता ढकालले भने, ‘पहिला आयोगलाई निर्णय गर्न दिउ । हामीले प्रस्ताव गरेको चुनाव चिन्हबारे आयोगको निर्णय आउला । हामी त्यही अनुसार अगाडि बढ्ने सोचमा छौं ।’

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID