दहि, चिउरा खाएर देशैभरी मनाईयो असार १५

आलोक भावुक

गढवा,असार १५

आज असार १५ अर्थात् दहि चिउरा खाने दिन । आज देशै भरी दही चिउरा खाएर असार १५ मनाईएको छ। आज दही चिउरा खाने दिन बर्थात राष्ट्रिय धान दिवस्‌ र आजै रोपाईं जात्रा  पनि हो। वि. संं. २०६१ मंसिर २९ गतेको निर्णय पश्चात कृषकको सम्मान एवम् कृषि क्षेत्रको सर्वाङ्गिण विकासको लागि २०६२ असार १५ देखि आधिकारिक रुपमा नेपालमा धान दिवसमा मनाउँदै आइएको छ ।

कृषि प्रधान देश नेपालमा यस पटक पनि “धान उत्पादनमा बृद्धि, आत्मनिर्भरता र समृद्धि”भन्ने नाराका साथ आज १८औ धान दिवस्‌  रोपाइँ जात्रा मनाइएको छ । यतिबेला देशैभरीका किसान समयमा मल नपाएर कष्ट भोगीरहेका छन्  कृषि सामग्री को अभाव सिंचाई को उचित व्यवस्थापन प्राकृतिक प्रकोप आदि इत्यादि का समस्या एकातिर छ भने उत्पादित खाद्य सामग्री ले पनि बजार नपाउने समस्या अर्कोतिर रहेको ।

छ आज पनि देशको आर्थिक स्थिति नाजुक बनिरहँदा वर्षेनी करोडौंको खाद्य पदार्थ अन्य देशबाट आयात गरेर देश चलेको छ । आर्थिक वर्ष २०७८/७९ मा विदेशबाट ३६ लाख रुपैयाँको दही र ५० लाख रुपैयाँको चिउरा भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालूवर्षको ११ महिनाको अवधिमा उक्त मूल्य बराबरको दही र चिउरा भित्रिएको हो । नेपाल भित्रिएको दहीमध्ये स्पेनबाट सबैभन्दा धेरै भित्रिएको छ । स्पेनबाट मात्रै नेपालमा ११ महिनाको अवधिमा ३१ लाख ३० हजार रुपैयाँ बराबरको ८ हजार ५१३ किलो दही भित्रिएको छ ।

यसपछि बंगलादेशबाट ४ लाख ८० हजार रुपैयाँको र भारतबाट ३६ हजार रुपैयाँको दही आयात भएको छ । यसको साथै यही अवधिमा विदेशबाट १ लाख २० हजार किलो चिउरा भित्रिएको छ । देशको खेतीयोग्य जमिन बाँझो राखेर लाखौं जनशक्ति कृषि कै लागि विदेशिने गरेको तथ्यांक पनि हामीसँग छन् । उचित स्रोत साधन को व्यवस्थापन गरेर जनशक्ति परिचालन गर्न नसक्नु सरकारको ठुलो कमजोरि रहेको देखिन्छ ।

त्यसैगरी आफ्नो‌ सिप देशमै देखाउन लज्जाबोध गरि ठुला आँखाले परदेश ताक्ने युवा पुस्ताको ठुलो पनि कमजोरि हो । खाद्यान्न मात्रै आयात गर्नुभन्दा विज्ञान र प्रविधिको युगमा विभिन्न कृषि औजारहरू आयात गरि देशमा नै आधुनिक कृषि प्रणालीमा खेतियोग्य जमिन  लाई सदुपयोग गर्न सक्ने हो भने  एकातिर आत्मनिर्भरता र अर्कोतिर जनशक्ति लाई रोजगारी सिर्जना गर्न सकिन्थ्यो ।

प्रत्येक वर्ष कृषि क्षेत्रको बजेट लाई भ्रष्टाचार नगरि उचित कृषि क्षेत्रको पहिचान गरि उपयोग गर्न मात्रै सक्ने हव भने देशको‌ आर्थिक समुन्नति का लागि राहत पुग्छ ।तर त्यसका लागि न सम्बन्धित निकायले ध्यान दिन्छ न हामीले वास्ता नै गर्छौ।

विनियोजित बजेट पनि  ठाउँमा नपुगेर त्यसै रहेको अवस्था पनि छ । यस्तै स्थितिले भष्ट्राचार, बेथिति, ऋण मात्रै बढाउँदै जाने हो भने,  ऋण तिर्न नसकेर नदिनाला‌ जस्तै  पनि कब्जा हुन धेरै समय पनि लाग्दैन। जसले गर्दा नेपाल एक इतिहाँसमा मात्र सिमित हुन सक्छ। राष्ट्रिय धान दिवस एक दिवसका रुपमा मात्र न भएर कृषि क्षेत्रको विकासका लागि सम्बन्धित निकाय तथा सम्पूर्ण देशवासी लागे पछी मात्र समृद्ध नेपालको सपना साकार  हुन सक्छ होईन भने जति औँ पटक दिवस मनाएर नारा लगाएपनि‌ त्यसको कुनै औचित्य रहदैन ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID