विराटनगरका बस्तीमा पस्यो सिंघिया खोला

गणतन्त्र नेपाल समाचारदाता

अबिरल वर्षासँगै सिंघिया खोलामा आएको बाढी बस्तीमा पसेको छ ।

मंगलबार बिहान विराटनगर महानगरपालिका वडा नं. ८ को खोला किनारका बस्तीमा बाढी पसेको हो । सिंघियाको बाढीका कारण खोला किनारमा २५ परिवार विस्थापित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुसार बिस्थापितहरूलाई सुरक्षित स्थानमा सारिएको छ । खोला किनारका अन्य बस्ती पनि बाढीको जोखिममा परेका छन् ।

सिंघियाको बाढीका कारण कटहरी १ को खोला किनारका बस्तीमा पनि पानी पसेको छ । विराटनगर २ को खोला किनारका बस्तीमा पनि पानी पसेको छ ।

स्थानीय सुभाष कामतका अनुसार बाढीले बस्ती छोएपछि स्थानीय बासिन्दाले अन्यत्र सर्ने तयारी गरिरहेका छन् ।

 

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID