कतारमा विवाह अघि सम्बन्ध राख्नेलाई ७ वर्षको जेल : साउदी अरबमा ढुङ्गाले हानेर गरिन्छ हत्या, इरानमा फाँसी दिइन्छ

एजेन्सी

कतारमा फिफा विश्वकप फुटबल आयोजना हुँदैछ । यस अवधिमा विश्वभरबाट ठूलो संख्यामा फुटबलप्रेमीहरू यहाँ पुग्नेछन् । यसैबीच कतारले विदेशी पाहुनाले आफ्नो देशको कडा कानुन पालना गर्नुपर्ने स्पष्ट पारेको छ । यहाँको प्रहरीले श्रीमान्(श्रीमती नभएका जोडीलाई यौनसम्पर्क गर्नेलाई ७ वर्षसम्मको जेल सजाय हुने बताएको छ । यसबाहेक कतार सरकारले अन्य धेरै कडा कानुनहरू लागू गरेको छ जसलाई पालना गर्न  पश्चिमी पर्यटकहरूलाई गाह्रो हुन सक्छ ।

समलिङ्गी र विवाह नगरिकन यौन सम्बन्ध राख्नु एउटा ठूलो अपराध

कतारमा इस्लामिक शरिया कानुन लागू छ, जसअनुसार विवाह अघि यौन सम्बन्ध स्थापित गर्नु ठूलो अपराध हो । साथै समलिङ्गीहरुका लागि पनि यहाँ सजायको प्रावधान छ । ‘डेली स्टार’ ले कतार प्रहरीलाई उद्धृत गर्दै यस्ता अपराधमा विदेशी नागरिकलाई ७ वर्षको जेल सजाय पनि हुन सक्ने उल्लेख गरेको छ । पति(पत्नी नभएको जोडीबीचको सहमतिकै यौनसम्पर्कलाई पनि अपराध मानिनेछ ।

थर फरक भएमा होटलमा कोठा उपलब्ध हुँदैन

कतारमा फुटबल खेलपछि पार्टी गर्न र मद्यपान गर्न पनि प्रतिबन्ध लगाइनेछ । साथै, यदि दुई पुरुष र महिलाको थर एउटै छैन भने उनीहरुलाई होटलमा बस्नका लागि कोठा दिइने छैन । सँगै कोठा पाउनका लागि उनीहरुले श्रीमान्–श्रीमती भएको प्रमाणित गर्नुपर्छ ।

रोमान्स हाम्रो संस्कृतिको हिस्सा होइन’

फिफा विश्कपका प्रमुख अधिकारी नासेर भन्छन्,‘खुलेयाम रोमान्स गर्नु कतारको संस्कृतिको हिस्सा होइन, त्यसैले हामी विदेशी पाहुनालाई पनि यसका लागि अनुमति दिन सक्दैनौँ ।’ साथै, उनले विश्वकप हेर्न आउने फुटबलप्रेमीको सुरक्षा आफूहरुको पहिलो चिन्ता भएको पनि बताएका छन् ।

कडा कानुनका लागि परिचित अरब देशहरू

कतार मात्र यस्तो कडा नियम भएको देश होइन । अधिकांश अरब देशहरूमा शरिया कानुन अन्तर्गत यस्ता नियमहरू सामान्य हुन्  । विवाह अघि र श्रीमान श्रीमती बाहेक अरु कसैसँग यौनसम्पर्क राख्नु ठूलो अपराध मानिन्छ । यसका लागि मध्यपूर्वका विभिन्न देशमा कोर्रा हान्नेदेखि जेल र मृत्युदण्डसम्मको सजाय दिइन्छ ।

साउदी अरब  

साउदी अरबमा विवाह अघि महिला र पुरुषले यौनसम्बन्ध राख्दा ढुङ्गाले हानेर मृत्युदण्ड दिइन्छ । जबकि यसमा कुमारीहरूलाई सय कोर्राको व्यवस्था छ । यसका लागि केटा र केटीमा भेदभाव गरिँदैन ।

इरान

यहाँ पनि विवाहेत्तर  सम्बन्ध राख्नेलाई मृत्युदण्ड दिइन्छ । सन् २०१३ अघि ढुंगा हानेर यस्तो सजाय दिइन्थ्यो । तर २०१३ मा ऐन बनाएर मृत्युदण्ड दिने विकल्प अपनाइयो ।

संयुक्त अरब इमिरेट्स

यस मामिलामा अन्य अरब देशहरूको तुलनामा यहाँको कानून अलि नरम छ । युनाइटेड अरब इमिरेट्समा अपराधको गम्भीरताका आधारमा ६ महिनादेखि केही वर्षसम्म कैद सजाय हुन सक्छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID