आफ्नो पार्टीसँग २० लाख मत रहेको नेता झलनाथ खनालको दाबी

गणतन्त्रनेपाल समाचारदाता, दाङ

सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टीसँग २० लाख मत भएको दाबी गरेका छन् ।

बुधबार काठमाडौंमा स्थानीय तहका जनप्रनिधिहरूलाई शुभकामना दिन आयोजित कार्यक्रममा उनले पार्टीसँग २० लाख मत रहे पनि आन्तरिक त्रुटिका कारण त्यो संकलन गर्न नसकेको बताए ।

“हामीले धेरै ठाउँमा जित्न सकेनौँ । जित्न नसक्नुमा धेरै कारण छन् । हामी समीक्षा गरिरहेका छौँ । हामीले खुल्ला मनस्थिति लिएर राष्ट्रव्यापी रूपमा हाम्रा उमेदवार उठाउन सकेको भए अहिले हामीले नौ लाख छ भन्छौँ नि,” खनालले भने, “हामीसँग २० लाखभन्दा बढी मत छ । त्यो मत संकलन गर्न सकेनौँ ।”

उनले सत्ता गठबन्धनभित्र पार्टीलाई अपमान गरिएको भन्दै पाउनुपर्ने सिट गुमाएको जिकिर गरे । “गठबन्धनले बिलकुलै अपमान ग¥यो । जति मत पाउनपर्थ्यो, त्यति मत पनि प्राप्त गर्न सकेनौँ । त्यति सिट पनि प्राप्त गर्न सकेनौँ,” उनले भने ।

खनालले जनप्रनिधिहरूलाई आफ्नो कार्यकालमा धेरै उपलब्धि हासिल गर्न शुभकामना दिए । जनताका घरघरमा गएर के समस्याहरू छन् भन्ने अध्ययन गरेर जनतासँगको सम्बन्धलाई अघि बढाउन आग्रह गरे ।

पार्टीका विचार, नीति, कार्यदिशालाई स्थापित गर्ने गरी लाग्न जनप्रतिनिधिलाई निर्देशन दिए । नमुना काम गरेर देखाउन उनको आग्रह छ ।

 

मा प्रकाशित