माओवादी जनयुद्धको उद्देश्यमाथि ओलीको आशंका !

गणतन्त्र नेपाल संवाददाता

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘माओवादी जनयुद्ध’प्रति लक्षित गर्दै त्यो कसका विरुद्ध र के उद्देश्यका लागि भएको थियो भन्ने अहिलेसम्म प्रस्ट हुन नसकेको टिप्पणी गरेका छन् ।

मंगलबार पूर्वराजदूतहरूसँगको अन्तरक्रिया कार्यक्रममा ओलीले संविधानले कानुनी र शान्तिपूर्ण रुपमा अघि बढ्न ठाउँ दिएको अवस्थामा राजनीतिक अधिकारका नाममा हिंसात्मक गतिविधिको औचित्य नहुने बताए । राणा शासनविरुद्धको संघर्षमा राज्यले नै राजनीतिक अधिकार निषेध गरेका कारण त्यतिबेला हिंसात्मक अभियानलाई जायज ठहर्याउन सकिने तर त्यसपछिका अवस्थामा भने राजनीतिक अधिकारका लागि हिंसा गरिरहन पर्ने अवस्था नरहेको उनको भनाइ थियो ।

माओवादी जनयुद्धको नाम नलिइकन उनले जनयुद्धतर्फ नै लक्षित गर्दै भने, ‘तर देश हिंसामा गयो, कसका विरुद्ध, के प्राप्तिका लागि भन्ने अहिलेसम्म टुंगो लागेको छैन । गणतन्त्रका लागि थियो भने गणतन्त्र नआइकन त्यो टुंगियो, गणतन्त्र दिन्छु भनेर कसैले प्रतिवद्धता जनाएको पनि थिएन ।’

उनले आन्तरिक राजनीतिमा प्रणालीगत मतभेद हुँदा बाह्य नीतिका सम्बन्धमा पनि मतभेद हुने बताए ।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID