देउखुरीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । देउखुरीको राप्ती गाउँपालिका वडा नं ५ पहरूवाका मोहन चौधरीको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
आज बिहान घर नजिकै मोटर लगाएर खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर चौधरीको ज्यान गएको हो।
करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि लमही अस्पताल लगिएको र लगत्तै चिकित्सकले मृत घोषित गरेका थिए ।
मा प्रकाशित