तरकारी खेतीले फेरिएको तिलक परियारको जीवनस्तर

आलोक भावुक

गढवा, १ असार

गढवा गाउँपालिका वडा नम्बर – ६ मतपुरका तिलक परियार को जीवन तरकारी खेतीले फेरी दिएको छ। परम्परागत अन्नबाली लगाउँदा छाक टार्नै समस्या भोग्दै आएका परियारले करिब ७ बर्षदेखि मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आउनुभएको छ । आफ्नै १ बिघा कठ्ठा बाझो जमिनमा एक लाख लगानी गरेर ब्यवसाय सरु गरेको उहाँले बताउनु भयो ।

उहाँले अहिले बर्सेनि ६ देखि ८ लाख सम्म आम्दानी गर्दै आउनुभएको छ । उहाँकाे तरकारी खेती अहिले १ बिघा  सम्म फैलिएको छ । तरकारी खेतीले गर्दा परिवारको खर्च, छोराछोरीको पढाइ खर्च सहजै टर्नै गरेको उहाँको भनाइ छ । सबैलाइ आफ्नै माटोमा पसिना बगाउन समेत सल्लाह उहाँ दिनुहुन्छ । । उहाँको बारिमा बन्दा, काउली, काँक्रा, खुर्सानी, गोलभेंडा, करेला बोडी भिन्डी भण्टालगायतका तरकारी फलाउनु हुन्छ । उहाँले मौसम अनुसारका सम्पुर्ण तरकारी खेती गर्दै आउनुभएको छ।

पढेलेखेका युवाहरु स्वदेशमा रोजगारी नपाईएपछि साथिहरु प्रदिशीयको र आफुले नेपालमै के गर्नु पर्छ भन्ने सोचले ब्यबसायिक तरकारी खेती सुरु गरेकाे  उहाँको भनाइ छ ।

परियार ले स्थानीय सरकार बाट सहयोग पाए अझ यसलाई बढाउदै लैजाने बताउनु हुन्छ। गढवागाउँपालिकाले अहिले सम्मा १० हजार बिउ बिजनको लागी अनुदान दिएकाे र त्यस बाहेक कुनै पनि संघसंस्थाले आर्थिक सहयाेग नगरेकाे उहाँले गुनासाे पाेख्नु भयाे । उक्त अनुदानले थप मेहनत गर्ने हाैसला बढेकाे परियारले थप्नु  भयाे ।

दिनभरि तरकारी खेतीको गोडमेल र सिँचाइ गर्नमा व्यस्त हुने साँझ टिपेको तरकारी टोकरीमा बोकेर बजार लगेर बेच्ने गर्छु उहाँले भन्नू भयो । गाउँमा सामान्य मोटर बाटो भएपनी नियमित गाडी नचल्दा उत्पादन भएका तरकारी बजार सम्म पुर्याउन कठिन भएको बताउनु भयाे ।एक हातकाे औँला नभएकाे कारणले जाेतभाेग गर्न एकदमै कठिन रहेकाे र अझैसम्म कतैबाट पनि जाेतभाेग गर्ने साधन नपाएको गुनिसाे सुनाउनु भयो।

आफू आफ्नो पेसाबाट पुर्ण रुपमा सन्तुष्ट रहेको उहाँ बताउनु हुन्छ । दिन प्रतिदिन कैयौँ युवा बिदेश पलायन भएको देख्दा दुख लाग्छ तर प्रदेश मा बगाउने पसिना आफ्नै माटोमा बगाए बिदेश भन्दा राम्रो आम्दानी गर्न सकिन्छ उहाले भन्नु भयो। बिना सिप लेबर भिसामा बिदेश जानु भन्दा आफ्नै देशमा तरकारी फलाउन सके स्वच्छ ताजा सागसब्जी आफु पनि खाना पाईने र आम्दानी को राम्रो स्रोत पनि हुने उहाँको भनाई छ। सबै युवा युवती लाई आफ्नै माटोमा पसिना बगाउन सल्लाह सुझाव उहाँको छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID