स्वर्गद्वारीको यात्रा, मेरो अनुभव र ऐतिहासिक महत्व

आलोक भावुक

स्वर्गद्वारी माहा प्रभु को दर्शन को यात्रा अचानक जुर्यो । दाङ देउखुरीको गढवा गाउँपालिका गढवा बजार देखी करिब ९४ किलो मिटरको दुरी पार गरेपछी स्वर्गद्वारी को प्रबेश द्वार (भिङ्ग्री बजार) पुगिन्छ। भिङ्ग्री बजार देखी करिब १५ किलो मिटरको एकदम घुमाउरो र पहिरोले बिग्रिएको बाटो पार गरे पछी स्वर्गद्वारी पुगिन्छ। सवारी साधनहरु बाट सजिलै जान सकिन्छ। आसपासमा देखिने मनमाेहक दृष्यले मनै लाेभ्याउने गर्छ ।

पहिले भन्दा एकदमै राम्रो र जो कोही  पनि सजिलै जान सकिने बाटो बनाईएको छ। गढवा, भालुबाङ, जसपूर हुदै भिङ्ग्री पुगे। त्यहाँ भारत  तिरका तिर्थालुहरुको निकै भिडभाड थियो। झरी परी रहेको थियो समय रातको करिब आठ बजिसकेको थियो। जाडोले शरिर थुरथुर काम्दै थियो। त्यहाँकासबै होटेलहरु भरिभराउ थिए। त्यहाँ बाट स्वर्गद्वारी को लागी प्रस्थान गर्यौ करिब १५ किलो मिटरको दुरी पछी आश्रममा पुग्यौ।

र रात्री बास त्यही बस्यौ। एका बिहानै उठेर नुहाउनका लागी पुर्व दिशामा एक पोखरी जस्तो ठाउ रहेछ जाहा एकदमै थोरै पानी थियो लाग्थ्यो दुई चार जना बाहेक अन्य लाई नुहाउन पुग्दैन होला तर प्रभु को शक्ति ले या अन्य कुनै चमत्कार हो त्यहाँ हजारौको संख्या मा तिर्थालु भक्तजन आउने स्नान गर्ने र जाने गरेको हेर्ने मौका मिल्यो र शक्ति को चमत्कार पनि देखियो। र पानी घटेन।

 

प्युठान को ग्रामीण ठाउँमा अवस्थित यो मन्दिर पुरातात्त्विक हिसाबले एकदमै महत्वपूर्ण मानिन्छ। यहाँ १००८ वर्ष पहिले स्वर्गद्वारी माहाप्रभु ले तपस्या गरेर यज्ञ गरेको ले यो पुण्य भुमीमा हजारौको संख्यामा भारतिय र नेपाली तिर्थात्रीहरु आउने गरेको पाईन्छ । स्वर्गद्वारी माहा प्रभु ले तपस्या गरेको बाँझ बृक्ष अझै पनि जिबितै छ। परापूर्वकालमा पिण्डवहरु तथा ऋषि महर्षिहरु आएर यज्ञ होम गरेर स्वर्ग गएको र त्यही ठाउँमा स्वर्गद्वारी माहा प्रभु ले यज्ञगरी समाधी लिएको धार्मिक मान्यता छ ।

स्वर्गद्वारी माहा प्रभु ले रोल्पा मा रहेको आफ्नो घरबार त्यागेर समेत साधना गर्ने ठाउँ हेर्दै आउने क्रममा स्वर्गद्वारी को खाली ठाउमा बसी ध्यान गर्दा र त्यहा पहिले देखी नै यज्ञ हुदै गरेको र अनुसन्धान गर्ने क्रममा पुजापाठका सामाग्री, होमको जौ तिल जस्ता अवशेष भेटिएको ले सजिलै बिस्वास गर्न सकिन्छ। स्वर्गद्वारी माहा प्रभु शिव भक्त भएको ले त्यहाँ दैनिक शिवको पुजपाठ गरिन्छ। यो ठाउँमा आएर जस्ले माहा प्रभु ले स्थापना गर्नुभएको १२० वर्ष पुरानो यज्ञ दर्शन गर्छ उस्ले दुख कष्ट बाट पार पाई स्वर्ग मा बास पाउने धार्मिक मान्यता रहि आएको छ।

स्थानीय हरुको भनाई अनुसार माहा प्रभु ले पंचभौतिक शरिर ग्याग्नु अघि आफ्नो एउटा अंग यही छोडेर जादैछु भनेर आफ्ना चेलाहरु लाई भनेको र त्यही अंग दिब्यज्योति भएर हाल सम्म बलिरलेको पाईन्छ, र सजिलै देख्न सकिन्छ। मन्दिर परिसर मै एक गोबर्धन पर्बत पनि रहेको छ, र आज पनि लगभग दुई सय जति गाई रहेको पाईन्छ। स्वर्गद्वारी साच्चिकै स्वर्गद्वारी हो भन्ने कुरा त्यहा पुगेका हरु ले सजिलै अनुभव गर्न सक्छन्। नेपालका सात धाममध्ये एक स्वर्गद्वारी धाम पनि मानिन्छ।

स्वर्गद्वारी आश्रम देखि दक्षिण दिशाकाे उच्च टाकुरामा एउटा गुफा रहेकाे छ । उक्त गुफाबाट स्वर्गद्वारी महा प्रभुले स्नानको निम्ति २३०० मिटर तल लुग्रीं माडीको दोभानमा झर्नु भई सोहि द्वार मार्फत नै आउने जाने गर्नु भएकाे हुनाले अहिले पनि उक्त गुफाको द्वारलाई स्वर्गको द्वार (स्वर्ग जाने बाटो)  भनिन्छ ।

आश्रम व्यवस्थापन समितिका अनुसार ६० प्रतिशत भारतीय र ४० प्रतिशत नेपाली तिर्थयात्री स्वर्गद्वारी दर्शनका लागि आउँने गरेका छन्। भारतीय पर्यटकले चढाएको भेटी स्वर्गद्वारीको प्रमुख आम्दानीको स्रोत बनेको छ।

आज पनि १०० भन्दा बढी बिद्यार्थीहरुले संस्कृति शिक्षा लगायत वेद, रुद्री, चण्डी, अग्नि र अमरकोषको अतिरिक्त अंग्रेजी, भूगोल, म्याथलगायतका विषय पनि पढ्छन् । त्यस्तो बिकट ठाउँमा पनि एकदमै कम खर्चमा खाना बस्न र पार्किङको सुबिधा रहेको छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID