रियाल मड्रिड छोडेका मार्सेलोलाई रोनाल्डोको भाबुक सन्देश

गणतन्त्र नेपाल संवाददाता

सोमबार औपचारिक रुपमा रियाल मड्रिड छाडेका लेफ्ट ब्याक मार्सेलोलाई पोर्चुर्गिच स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले भाबुक सन्देश लेखेका छन् ।

उनले पूर्व टिममेट तथा आफ्नो अतिनै मिलनसार साथि मार्सेलोलाई सामाजिक सञ्जाल मार्फत सन्देश दिएका हुन् ।

उनी लेख्छन्,‘तिमी मेरालागि एक टिममेट भन्दापनि धेरै मलाई फुटबलले दिएको भाई । मैदान भित्र र बाहिर एक उत्कृष्ट खेलाडी जोसँग मलाई लकर रुम सेयर गर्न पाउँदा सँधै खुसी लाग्यो । अब आउँने नयाँ यात्राका लागि शुभकामना मार्सेलो ।’

मार्सेलोले सन् २००७ मा रियालमा अनुबन्ध भएर आफ्नो खेल करिअरको १५ बर्ष बिताएका मार्सेलोले सन् २००९ देखी २०१९ सम्म नौं सिजन रोनाल्डोसँग रियाल मड्रिडमा टीममेटको रुपमा रहेका थिए । नौं सिजन मड्रिडमा बिताएका रोनाल्डो त्यसपछि युभेन्टस गएका थिए ।

सोमबार मड्रिड सिटीमा औपचारिक रुपमा रियालले सम्मान समारोह आयोजना गर्दै मार्सेलोको बिदाई गरेको हो ।

ब्राजिलिन खेलाडी मार्सेलोले क्लबमा सर्वाधिक सजिएको खेलाडीको रुपमा मड्रिड छाडेका छन् । कुन अर्थमा सजिएका खेलाडी भने उन्ले १५ बर्ष मड्रिमा बिताउँदा ६ ला गिगा, २ कोपा डेल रे, ५ सुपरकोपा डी स्पेना, पाँच च्याम्पियन्स लिग, तीन यूईएफए सुपर कप र विश्व क्लब लिग उपाधि गरि २५ उपाधि जितेका छन् ।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID