मल मामिलामा एमालेको स्थगन प्रस्ताव- सत्तापक्ष ‘धर्मसंकट’मा परेपछि संसद् बैठक स्थगित

गणतन्त्र नेपाल संवाददाता

किसानलाई मल तत्काल उपलब्ध गराउन माग गर्दै एमालेले संसदमा पेस गरेको स्थगन प्रस्तावको पक्ष वा विपक्षमा उभिने विषयमा सत्तापक्ष धर्मसंकटमा परेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

सत्तापक्षको आग्रहमा सभामुख अग्निप्रसाद सापकोटाले सदनको कारबाही स्थगित गरेका छन् भने सत्तापक्ष आन्तरिक छलफलमा छ । बजेटमाथिको छलफल स्थगन गरेर एमालेले मल उपलब्ध गराउन सरकारलाई निर्देशन दिने प्रस्ताव ल्याएको थियो ।

सो प्रस्तावमाथि सांसदहरूको छलफल सकिएको छ । एमालेको प्रस्तावको पक्षमा मतदान गर्दा विपक्षीको पक्षमा बहुमत देखिने र विपक्षमा उभिँदा किसानले मल पाउनुपर्ने मौलिक हकको विरोधमा गएजस्तो देखिने भएकाले सत्तापक्ष धर्मसंकटमा परेको हो ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईसहितले पेस गरेको स्थगन प्रस्तावलाई सुरुमा सत्तापक्षले पनि समर्थन जनाउने अनौपचारिक सहमति भएको थियो ।

कांग्रेस भन्छ- स्थगन प्रस्ताव रितपूर्वक भएन, के पारित गर्ने भन्ने विषय अन्याेल

यसैबीच सत्तारुढ नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले एमालेले ल्याएको स्थगन प्रस्ताव रितपूर्वक नभएकाले सभामुखले कार्य व्यवस्था परामर्श समितिमा छलफल गरेको बताए ।

उनका अनुसार स्थगन प्रस्तावमा छलफल गर्ने विषय उल्लेख भए पनि पारित गर्ने विषय उल्लेख नभएकाले निर्णयार्थ पेस गर्न वैधानिक अड्चन देखिएको छ ।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID