आँखा, स्वास्थ्य शिक्षा र उज्यालो अभियानमा जनप्रतिनिधिको भुमिका विषयक छलफल कार्यक्रम गढवामा सम्पन्न

आलोक भावुक

गढवा जेठ ३०

आँखा, स्वास्थ्य शिक्षा र उज्यालो अभियानमा जनप्रतिनिधिको भुमिका विषयक छलफल कार्यक्रम गढवामा सम्पन्न भएको छ ।

नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज द्वारा सञ्चालित लमही आँखा अस्पतालको आयोजनामा गढवा गाउँपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुसंग छलफल गरिएको छ।

कार्यक्रममा बोल्ने गढवागाउँपालिका प्रमुख शर्माले आँखा स्वास्थ्य सेवा र त्यसको विकासका लागि पालिका बाट हुन सक्ने सबै सहयोग गर्न आफु तयार रहेको प्रष्ट पार्नुभयो। लमही आँखा अस्पतालसंग साझेदारी र सहकार्य गर्दै आगामी दिनहरुमा दृष्टि बिहिनता, अन्धोपनलाई न्यूनिकरण गर्ने कार्यमा पालिका ले सहकार्य गर्दै अघि बढ्ने शर्मा ले बताउनुभयो।

कार्यक्रममा उपस्थित सम्पूर्ण ले स्वास्थ्य जस्तो संवेदनशील बिषयलाई लापरबाही गर्न नहुने बिचार राख्नु भएको थियो। नेपाल नेत्रज्योति संघ दाङका उपसभापति रेशमबहादुर खड्काको अध्यक्षता एवम् गढवा गाउँपालिकाका प्रमुख यमनारायण शर्मा पोख्रेल को प्रमुख आतिथ्य तथा उपाध्यक्ष शारदा कुमारी चौधरीको विशिष्ट आतिथ्यमा भएको सम्पन्न भएको हो।

कार्यक्रममा नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रमले अन्धोपन न्यूनिकरणमा खेलेको भुमिका भावि योजना र गढवा गाउँपालिकामा अन्धोपनको अवस्थाको बारेमा प्रमुख प्रशासक सम्शेर थापाले प्रकाश पार्नु भएको थियो। कार्यक्रममा पालिकाका प्रमुख यमनारायण शर्मा पोख्रेल,उपाध्यक्ष शारदा कुमारी चौधरी,प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी,वडा नम्बर ६ का अध्यक्ष वीरबहादुर आले, जनता माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युबराज पोख्रेल लगायतकाले बोल्नु भएको थियो  ।

एनएवीपी नर्वेको सहयोगमा भएको  कार्यक्रमको सञ्चालन दृष्टि विशेषज्ञ मदन चौधरीले गर्नु भएको थियो ।

 

 

मा प्रकाशित