चार दिने अनलाइन पत्रकारिता तालिम सम्पन्न

रिमा चाैधरी/रचना चाैधरी

चार दिने अनलाइन पत्रकारिता तालिम अर्घाखाँचीकाे शितग‍ंगा नगरपालिका  – ८ सातमारा भालुवाङ्गमा सम्पन्न भएकाे छ ।

जेठ २५ देखि २८ गते सम्म स‌ंचालन भएकाे तालिममा लुम्बिनी प्रदेशका बाह्र वटा जिल्लाका पत्रकारहरुकाे उपस्थिती रहेकाे थियाे । लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट गरी ४५ जनाकाे उपस्थिती रहेकाे थियाे । अन्तरिक मामिला तथा संचार मन्त्रालय लुम्बिनी प्रदेशकाे आयाेजना तथा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिकाे समन्वयमा कार्यक्रम सम्पन्न भएकाे हाे । समापन कार्यक्रममा बाेल्दै अन्तरिक मामिला तथा संचार मन्त्रालयकी अधिकृत / प्रस्तुतकर्ता सिता घिमिरेले सुचना , प्रविधि क्षेत्रमा विद्यमान कानुनी व्यवस्था , विद्युतीय अपराधका प्रकारहरु ,विद्युतीय (साइबर)अपराधमा हालकाे अवस्था , विद्युतीय कसुरकाे बारेमा प्रकाश पार्नुभयाे । घिमिरेले अनलाइन मिडिया आजकाे आवश्यकता भएकाे तर जिम्मेवार हुन नसकेकाे बताउदै अनलाइन मिडियालाई जिम्मेवार र विश्वासनीय बनाउने काममा नेपाल पत्रकार महासंघ लाग्नु पर्ने बताउनु भयाे ।

कार्यक्रम अनलाइन सम्बन्धी भएकाले विभिन्न प्रविधिलाई प्रयाेग , भिडियाे इडिटिङ्ग तथा प्रविधि फिचरहरु कसरी प्रयाेग गर्ने भन्रे बारेमा जानकारी गराइएकाे थियाे ।

समापन कार्यक्रममा बाेल्दै नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेशका अध्यक्ष वसन्त गिरीले अनलाइन पत्रकारिता तालिम प्रदेश मै पहिलो रहेकाे र अनलाइन पत्रकारितालाई जिम्मेवार संचारकाे  मध्यमको रुपमा विकासमा ध्यान दिन एकदमै आवश्यक रहेको बताउनु भयो । जेठ २५ देखि २८ सम्म संचालन भएकाे अनलाइन पत्रकारिता तालिमकाे बुधबार नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सुशिल पाेख्रेलले उद्घाटन गर्नुभएकाे थियाे ।

प्रशिक्षक रविराज बरालले अनलाइनमा कसका लागि लेख्ने र कसका लागि लेख्ने यो मुद्रा प्रमुख रहेकाले  मूलत: समुदायमा केन्द्रित समाचारहरुलाई प्राथमिकता दिन आनलाइन पत्रकारहरुलाई अनुरोध  गरे । त्यस्तै प्रशिक्षक मनाेज सत्यालले चारदिने अनलाइन पत्रकारिता तालिमले थप उत्प्रेरणा र थप उर्जा मिल्नेमा आफू विश्वस्त रहेकाे बताए ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष वसन्त गिरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे थियो । महासंधको उपध्याक्ष चुमा आचार्यको स्वागत मतव्यबाट शुरू भएको कार्यक्रमको सञ्चालन महासचिव विक्रम  खड्काले गर्नुभएको थियो ।

 

मा प्रकाशित