ब्रह्माकुमारी ईश्वरिय बिश्वबिद्यालय गढवाद्वारा नव निर्बाचित जनप्रतिनिधिहरु सम्मानित

गणतन्त्रनेपाल समाचारदाता, दाङ

ब्रह्माकुमारी ईश्वरिय विश्वविद्यालय  गढवाले स्थानीय तहका नव निर्बाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान गरेको छ।

गढवागाउँपालिका भित्रका आठाैँ वडाका नव निर्वाचित जनप्रतिनिधि हरु लाई स्वागत तथा सम्मान गरेको हो। कार्यक्रममा गढवा गाउँपालिका प्रमुख यम नारायण शर्मा पाेख्रल, उप-प्रमुख शारदा चौधरी, वडा नम्बर -६ का वडाध्यक्ष बिर बहादुर आले मगर, त्यसैगरी वडा नम्बर – ७ का वडाध्यक्ष राहुलदेव चौधरी लगाएत का ले बोल्नु भएको थियो।

पालिकाध्यक्ष यम नारायण शर्मा पाेख्रल ले आध्यात्मिक संस्थालाई पालिकाबाट चाहिने हर सम्भव मद्त गर्न आफु तयार रहेकाे अस्वासन दिनु भएको छ। कार्यक्रम ब्रह्माकुमारी उमाकाे सभापतित्व तथा गढवा गाउँपालिका प्रमुख यम नारायण शर्मा पाेख्रल(बिश्वास )काे प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रम काे सहजिकरण व्रह्म कुमार आनन्द ले गर्नु भएकाे थियाे ।

 

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID