पहरो काटेपछि साना सवारी साधन चल्न थाले मुग्लिन-आँबुखैरेनी सडकमा

गणतन्त्रनेपाल समाचारदाता, दाङ

मुग्लिन-आँबुखैरेनी सडक भासिएको ठाउँमा पहरो काटेर एकतर्फी सञ्चालन गरिएको छ।

सडक विभागअन्तर्गतको सडक डिभिजन दमौलीकी प्रमुख सिडिई लक्ष्मी केसीका अनुसार अहिले माइक्रोबस सम्मका सवारी साधन एकतर्फी रूपमा चलाउन सुरू गरिएको छ।

 

‘साना सवारी पालैपालो गरेर पास गरिरहेका छौं। बीचमा काम पनि भइरहेको छ,’ केसीले भनिन्,‘बस र ट्रक भने पठाएका छैनौं।’

सडक भासिएको ठाउँमा अब के गर्ने भन्ने अध्ययन गर्न विभागका इन्जिनियरहरूको टोली स्थलगत निरीक्षणमा रहेको उनले बताइन्।

 

‘यो ठाउँमा बेलिब्रिज हाल्न मिल्दैन। तलैबाट पर्खाल लगाउने विकल्प छ। बर्खाको समय भएकाले अहिले त्यो काम गर्न जोखिम हुन्छ,’ उनले भनिन्,‘के गर्ने भन्नेबारे हामी अध्ययन गरिरहेका छौं।’

पहरो काटेर सडक बनाउने विकल्प पनि रहेको उनले बताइन्।

‘पहरोका चट्टान पनि निकै कडा खालका देखिएका छैनन्,’ उनले भनिन्।

मुग्लिन-आँबुखैरेनी सडकखण्डस्थित साँखरमा सडकमा शुक्रबार बिहान सडक भासिएको थियो। सडक भासिएको ठाउँमा एउटा निजी कार र दुई जनाको शव फेला परेको छ।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID