सुर्खेतमा गाउँ कार्यपालिकादेखि जिसससम्म एमाले र माओवादीको गठबन्धन

गणतन्त्रनेपाल समाचारदाता, दाङ

जिल्ला समन्वय समितिको प्रमुखमा नेकपा एमालेका गंगाराम सुनार निर्वाचित भएका छन्। नेकपा एमाले र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेपछि उनी समन्वय प्रमुखमा निर्वाचित भएका हुन्। उनले एमालेका ९ र माओवादीको एक मतसहित १० मत प्राप्त गरेका छन्।

उपप्रमुखमा माओवादीका सचिनकुमार बडुवाल निर्वाचित भएका छन्।

समन्वय प्रमुख बनेका सुनार स्थानीय तह निर्वाचन २०७९ मा कांग्रेसका उम्मेवारसँग वडाध्यक्षमा पराजित भएका थिए। उनलाई दलित तथा अल्पसंख्यक कोटाबाट कार्यपालिका सदस्य मनोनित गरिएको थियो। उनी २०७४ को निर्वाचनमा वडा नम्बर १ को अध्यक्ष निर्वाचित भएका थिए।

समन्वय समितिको महिला सदस्यमा चन्द्रा धामी, शान्ति ताराम र मीना मल्ल निर्वाचित भएका छन् भने अन्य सदस्यमा तुलबहादुर नेपाली, डिल्ली पाण्डे र पृथ्वीबहादुर बुढा निर्वाचित भएका छन्। अल्पसंख्यक सदस्यमा सावित्रा टमटे निर्वाचित भएका छन्।

एमाले र माओवादीबीच गठबन्धन भएपछि कांग्रेसले पाँच पदमा मात्रै उम्मेदवारी दिएको थियो। प्रमुखमा दिलीपकुमार वाग्ले र महिला सदस्यहरूमा गौरी दमाई र रत्ना कँडेल, अन्यमा लीलाजंग शाह तथा अल्पसंख्यकमा उजिरसिंह कामीले उम्मेदवारी दिएका थिए। कांग्रेसका आठ मात्र मत थिए।

कांग्रेससँग गठबन्धन गरी माओवादीले एक पालिका प्रमुख जितेको थियो। माओवादीले जितेको चौकुने गाउँपालिकाको कार्यपालिका निर्वाचनमा पनि एमालेसँग गठबन्धन गरिएको थियो।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID