बेलायतमा नर्स पठाउन समझदारी मस्यौदा तयार, आगामी साता हस्ताक्षर हुने

गणतन्त्रनेपाल समाचारदाता, दाङ

नेपाल र बेलायतबीच आगामी साता श्रम समझदारी हुने भएको छ। रोजगारीका लागि नेपाली नर्स बेलायत पठाउन नेपाल र बेलायतबीच आगामी साता श्रम समझदारी हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ।

श्रम समझदारीको मस्यौदा तयार गर्न गठित दुबै देशका प्रतिनिधि सम्मिलित समितिले अन्तिम मस्यौदा तयार गरिसकेको मन्त्रालयले बताएको छ।

 

शुक्रबार श्रममन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शिष्टाचार भेट गरी श्रम समझदारीको तयारीबारे छलफल गरेका छन्। छलफल नेपाल र बेलायतबीच सन् १८१६ मा कुटनीतिक सम्बन्ध स्थापित भएदेखिको सम्बन्ध तथा आपसी हितमा केन्द्रित थियो।

बेलायतमा रोजगारीका लागि सुरूमा दुई  हजार नर्स पठाउन तयार रहेको मन्त्री श्रेष्ठले बताए। त्यसका लागि वैदेशिक रोजगार विभागको क्षमता अभिवृद्धि, छात्रवृतिको अवसरका साथै नर्सिङ कलेजहरुको क्षमता अभिवृद्धिमा बेलायत सरकारबाट सहयोगको अपेक्षा गरिएको पनि मन्त्री श्रेष्ठले बताए।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID