
रूपन्देहीमा रहेको एक कपास उद्योगमा आगलागी भएको छ।
रूपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ६ कलौनीमा रहेको लुम्बिनी कपास उद्योगमा शुक्रबार बिहानै आगलागी भएको हो।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार विद्युत सर्ट भई बिहान ४ बजेतिर उद्योगमा आगलागी भएको हो।
आगलागीपछि सैनामैना र बुटवलबाट गएका दमकलको सहयोगमा नेपाल प्रहरी र नेपाली सेनाको टोलीले आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
आगलागी नियन्त्रणमा आए पनि उद्योगमा कति क्षति भयो भन्ने यकिन तथ्यांक आइनपुगेको प्रहरीले जनाएको छ।
आगलागीबाट उद्योगमा रहेको कपास, मेसिनरी उपकरणलगायत जलेर नष्ट भएका छन्।
Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']




