पाकिस्तानका सांसद तथा चर्चित टिभी होस्ट आमिर लियाकतको ४९ वर्षमा निधन

तीन विवाहका कारण चर्चामा थिए

गणतन्त्रनेपाल समाचारदाता, दाङ

पाकिस्तानका चर्चित टिभी स्टार तथा कराँचीबाट पीटीआई नेशनल एसेम्बलीका सदस्य डा. अमिर लियाकत हुसैनको कराँचीमा निधन भएको छ ।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियो तर चिकित्सकका अनुसार अस्पताल ल्याउँदा उनको मृत्यु भइसकेको थियो ।

उनको मृत्युको यकिन कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । उनको पोस्टमार्टम हुनेछ ।

आमिर लियाकतको निधनका कारण राष्ट्रिय सभाको बैठक शुक्रबार साँझ ५ बजेसम्मका लागि स्थगित गरिएको छ ।

हालै आमिर लियाकत तेस्रो विवाहलाई लिएर विवादमा फसेपछि उनले देश छोड्ने घोषणा गरेका थिए ।

धार्मिक टिभि कार्यक्रम ‘आलम अनलाइन’ बाट चर्चामा आएका डा। अमिर लियाकत हुसेन सन् २०१८ मा पीटीआईको टिकटमा चुनाव जितेर सांसद बनेका थिए ।

 

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID