इरानले आफ्नो न्युक्लियर साइटबाट हटायो संयुक्त राष्ट्रका दुई निगरानी–क्यामरा

गणतन्त्रनेपाल समाचारदाता, दाङ

इरानले संयुक्त राष्ट्रसंघका दुईवटा निगरानी क्यामेरा बन्द गरेको छ । समाचार एजेन्सी एपीका अनुसार यी दुई क्यामेरा इरानको एक आणविक स्थलको निगरानी गर्न लगाइएको थियो ।

राज्य सञ्चालित समाचार एजेन्सीले बुधबार रिपोर्ट गरे अनुसार इरानले संयुक्त राष्ट्रको आणविक निगरानी संस्थाका दुईवटा निगरानी क्यामेरा बन्द गरेको छ । यी क्यामेराहरूले इरानको आणविक स्थलको निगरानी गरिरहेका थिए ।

यद्यपि, प्रतिवेदनले साइटको स्पष्ट रूपमा पहिचान नगरेको भए पनि, यो हप्ताको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको बैठकमा पश्चिमी देशहरूले इरानको आलोचना गर्न खोज्दा यसलाई इरानको नयाँ दबाब प्रविधिको रूपमा हेरिएको छ ।

इरानले फोर्डो र नान्तान्ज दुवै भूमिगत आणविक साइटहरू विकास गरिरहेको छ ।

सन् २०१५ मा हस्ताक्षर भएको इरान आणविक सम्झौता ९जोइन्ट कम्प्रिहेन्सिभ प्लान अफ एक्सन–जोसीपीओए)  न्तर्गत, इरानको आणविक संवर्धन कार्यक्रम सीमित गर्ने बदलामा इरानमाथि लगाइएको आर्थिक प्रतिबन्धमा केही छुट दिइने थियो ।

इरानले आणविक हतियार बनाउन सक्छ वा आणविक हतियार नभएता पनि  बनाउन सक्ने क्षमता भएको देश बन्न सक्छ वा जुनसुकै बेला प्रयोग गर्न सक्छ भन्ने डर पश्चिमी देशहरूलाई भएको कारण यो सम्झौता गरिएको थियो ।

तर अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ मा यो सम्झौताबाट बाहिरिने घोषणा गरेका थिए । त्यसयता संकटको बादल मडारिएको छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID