मलेसियालाई हराउँदै आईसिसी यु १९ महिला विश्वकप छनोटमा नेपाल तेस्रो

गणतन्त्रनेपाल समाचारदाता, दाङ

आइसिसी यू-१९ महिला टी-२० विश्वकपअन्तर्गत एसिया छनोटको आफ्नो अन्तिम खेलमा नेपालले जित हात पारेको छ।

नेपालले आयोजक मलेसियामाथि बिहीबार २५ रनको जित हात पारेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा ८६ रन जोड्यो।

 

नेपालका लागि अन्जली विश्वकर्माले ३३ रन र आस्मा पुलामी मगरले २६ रनको योगादन गरे।

बलिङमा मलेसियाकी नूर समादले २ विकेट लिइन्।

८७ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ४ विकेटको क्षतिमा ६१ रन मात्र जोड्न सक्यो।

 

मलेसियाका लागि इस्ला हन्टरले २८ रन जोडिन्। अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

बलिङमा नेपालकी कप्तान कृतिका मरासिनीले २ विकेट लिइन्।

यो जितसँगै ६ अंक जोडेको नेपाल छनोटमा तेस्रो भएको छ। नेपालले पाँचमध्ये तीन खेल जित्दा दुई खेलमा हार बेहोर्‍यो।

नेपाललाई थाइल्यान्डले ४९ रन र युएईले १० विकेटले पराजित गरे।

अन्तिम खेलमा मलेसियालाई हराएको नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले पराजित गरेको थियो। यस्तै भुटानमाथि ४ विकेटले जित निकालेको थियो।

 

 

मा प्रकाशित