नदीजन्य पदार्थ संरक्षणका लागी पालिकालाई ध्यानाकर्षण पत्र

आलोक भावुक, जेष्ठ २५, गढवा-दाङ

नदीजन्य पदार्थको संरक्षणका लागि गढवा गाउँपालिकालाई  एक पत्रमार्फत ध्यानाकर्षण गराईएको
छ।

दाङ देउखुरी वातावरण संरक्षण पत्रकार मञ्चका अध्यक्ष भानु जोशी र प्रवक्ता महेश रिजाललगायतको टोलीद्वारा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल र उपाध्यक्ष शारदा कुमारी चौधरीलाई नदीजन्य पदार्थको संरक्षणका लागि ध्यानाकर्षण पत्र हस्तान्तरण गर्नुभएको छ।

पत्रअनुसार दाङ जिल्लामा ८२ प्रतिशत चुरे क्षेत्रमा पर्दछ । चुरे तराईको पानीको रिचार्जको रुपमा रहेको हुनाले यसलाई बचाउन नसके भोलिका दिनमा भयावह अवस्था आउन सक्ने र दाङ जिल्ला मरुभुमिमा परिणत हुने निश्चित रहेकोले यसलाई जसरी पनि संरक्षण गर्नु पर्ने पत्रमा उल्लेख गरिएको छ।

क्रसरहरूको वर्षेनी उत्खनन्‌ले गर्दा राप्ती नदी गहिरिँदै गएकोले यस वर्ष पनि मापदण्ड विपरीत उत्खनन् कार्यप्रति हाम्रो संस्था दाङ देउखुरी वातावरण संरक्षण पत्रकार मञ्च गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।

साथै दीर्घकालीन असरलाई ध्यानमा राखी राप्ती नदी तथा अन्य खोला नालाहरुमा मेसिन प्रयोग गरेर नदीजन्य बस्तुको उत्खनन् गर्नुको सट्टा उपभोक्ताहरूले मेसिन प्रयोग नगरी बैकल्पिक ब्यवस्थाबाट आवश्यकता पुरा गर्नुपर्ने पत्रमा उल्लेख गरिएको छ।

पत्र बुझ्दै गढवा गाउँपालिका प्रमुख यमनरायण शर्मा पोख्रेलले राप्ती नदी र चुरे क्षेत्रको संरक्षणका लागि आफु सदैव तयार रहेको बताउनुभयो। उहाँले मापदण्ड बिपरीत कार्य गर्न कसैलाई पनि छुट नरहेको र त्यस्तो गरेको पाईएमा कसैलाई पनि नछोड्ने आश्वासन दिनुभएको छ।

 

मा प्रकाशित