
सोमबार बिहान दक्षिणकालीको फर्पिङको जंगलमा मृत फेला परेका किशोर–किशोरीको पहिचान खुलेको छ । जसमध्ये किशोरी दाङको रहेको खुलेको छ ।
किशोरी दाङको राप्ती गाउँपालिका वडा नं २ की २० वर्षीया बिमला कुमाल रहको उपत्यका अपराध महाशाखाका प्रमुख एसएसपी बसन्त कुवरले बताएका छन् । त्यसैगरी किशोर भने ईन्द्रसरोवर गाउँपालिका वडा नं ३ मकवानपुरका २० वर्षीय मनिष ठकुरी रहरेको छन् ।
काठमाडौंको दक्षिणकाली नगरपालिकाको फर्पिङको जंगलमा उनीहरुको शव घोप्टो परेको अवस्थामा सोमबार बिहान फेला परेको थियो । शव नजिकै विषको बट्टा र कोल्ड ड्रिंक्स पनि भेटिएको थियो । प्रहरीका अनुसार मृत्युको कारण खुलिसकेको छैन ।
पोष्टमार्टमका लागि शव शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ । घटनास्थलमा युवतीको साथबाट मोबाइल भेटिएको थियो । उत्त मोबाइलको माध्यमबाट मृतकको पहिचान गरेको प्रहरीले बताएको छ ।
मा प्रकाशित
