पार्टीकै नेताहरु आफ्नो बदनाम गर्न लागिपरेको भन्दै खनिए प्रेम आले

गणतन्त्रनेपाल समाचारदाता, दाङ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पार्टीभित्रकै केही नेताहरु आफ्नो बदनाम गर्न लागिपरेको भन्दै खनिएका छन् । पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको विश्वरुपा मन्दिर तथा आसपासमा रहेका सत्तल पुनर्निमार्णको शिलान्यास गर्दै मन्त्री आलेले पार्टी भित्रकै केही नेताहरु आफूलाई बदनाम गर्न लागिपरेको आरोप लगाएका हुन् ।

आफूलाई मन्त्री बन्ने लोभ नरहेको भन्दै उनले अन्य नेताहरुलाई मौका दिने इच्छा भए बनाउन नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गरे । मन्त्री आलेले पार्टीका केही नेताहरुले प्रेम आलेले चलखेल गरेको भन्दै अन्तरवार्ता दिइरहेकोप्रति आपत्ति जनाए ।  मन्त्री आलेले आफू मन्त्री रहुञ्जेल देश र जनताको शिर ननिहुरिने गरी काम गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे ।

उनले भने, ‘मैले मेरो पार्टीको आदरणीय नेता माधवकुमार नेपाललाई मन्त्रिमण्डल निर्माण गर्दा ६ महिनाको लागि हामीलाई तोकिएको थियो । मैले त्यही बेला भनेको थिएँ, हामीले त आठ महिना खान पायौँ । दुई महिना त ग्रेसमार्क पाइसक्यो । अरु साथीहरुलाई मौका दिने तपाईको इच्छा छ भने दिनुहोस् म खुशी छु भनेर मैले सहमति पनि दिएको हो । तर हाम्रै पार्टी भित्रका केही चिप्ले चोरहरु/चिप्ले किराहरुले आलेले धेरै चलखेल ग¥यो भनेर इन्टरभ्यू दिइरहेका छन् । मलाई कुनै मन्त्रीको लोभ छैन । म जति दिन, जति समय, यो कुर्सीमा बस्छु, देश र जनताको शिर ननिहुरिने गरी काम गर्दछु ।

मन्त्री आलेले तीन पटकसम्म जिल्ला अदालतदेखि सर्वोच्च अदालतसम्म पशुपति क्षेत्र विकास कोषले बतासले कब्जा गरेको धर्मशालाको बिरुद्धमा मुद्दा हालेर जितेको बताउँदै अबको मुचुल्कामा वडा अध्यक्षको पनि साथ रहने विश्वास रहेको बताए । उनले देश÷विदेशमा रहेका हिन्दु धर्मावलम्बीहरुले पशुपति क्षेत्रमा पूजा आराधना गर्न आउँदा सस्तोमा बस्न÷खान पाउने व्यवस्थाका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २५ करोड रुपैयाँ दिएको उल्लेख गर्दै बतास समूहलाई पशुपतिको धर्मशाला कौडीको भाउमा दिन नसक्ने बताए ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID