छत बाट खसेर मलेसियामा एक नेपाली को मृत्यु

आलोक भावुक

गढवा, जेठ २४ छत बाट खसेर मलेसिया मा एक नेपाली को मृत्यु भएको छ। गढवा गाउँपालिका वडा नम्बर ४ पर्सा निवासी कैलाश के.सि हजार सपना बोकेर दुई बर्ष पहिले रोजगारी का लागी मलेसिया उडेका थिए तर कस्लाई के थाहा थियो कि उनको सपना सपना मै सिमित हुन्छ भनेर ।

दिनानुदिन सैयौ को संख्यामा नेपाली युवा युवती पासपोर्ट बोकेर बिदेसिन बाध्य छन् । केही का सपना पुरा हुन्छ भने केही का सपना सपना मै सिमित हुन्छ। बिदेशी भुमी मा पाएको दुख कष्ट लाई सोच्दा नरकिय जिवन भन्दा कम छैन।त्यहाका स्थानीय बासिन्दाहरुको दमन अत्याचार र दुर्व्यवहार को त कुरौ नगरौ। तर स्वदेश मा बसेर सामान्य गास, बास,कपास, शिक्षा र स्वास्थ्य को मुख्य समस्या पनि टार्न नसकेर सैकडौ युवायुवती हरु बिदेशिन बाध्य रहेको पाईन्छ।

सामान्य परिवारमा जन्मेको कैलास केसी तिन दाजु भाई मध्ये कान्छा भाई हुन्। दुई बर्ष पहिले मात्र मलेसिया उडेका थिए। तर दुई बर्ष मै यस्तो घटना हुन्छ भनेका कस्लाई पो थाहा थियो र ? उनको छत बाट खसेर मृत्यु भएको खबर परिवारले सुने पछी शोक मा डुब्यो। सत्य नहोस्, झुट साबित होस् भनेर भगवान संग प्राथना गर्न थाल्यो तर खबर सत्य हो भनेर आधिकारिक रुपमा मलेसिया नेपाली एकता समाज का सल्लाहकार भक्त सुनार ले खबर गर्नु भयो र पत्याउन बाध्य पार्यो माधव प्रसाद भट्टराई ले बताउनु भयो। मृतक केसी को १४ मई का दिन छत बाट खसेर दु:खद निधन भएको हो।

सरकारी अस्पतालमा कोभिड चेक गर्दा कोरोना पोजिटिभ भएको पुष्ठि भयो र डब्लु एच ओ का नियम अनुसार अस्पताल ले मृत शरिर लाई स्वदेश फर्काउन अनुमति दिएन। स्वदेश लैजान नमिल्ने भएकोले र सबै कागजात प्रक्रिया हरु मिलाउदा र घर परिवारको सल्लाह छलफलले गर्दा मिति ४ जुन २०२२ का दिन मलेसिया नेपाली एकता समाज का सल्लाहकार भक्त सुनार र केहि आफन्तजन को उपस्थिति मा उहाँको मृत शरिर लाइ हिन्दु परम्परा अनुसार अन्तिम दाहसंस्कार गरिएको जानकारी  दिए ।

 

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID