कार्यपालिका सदस्य बन्न वडा अध्यक्षमा पराजित मोहमद अरिफ यसरी बने मुस्लिमबाट दलित

गणतन्त्रनेपाल समाचारदाता, दाङ

रौतहटको गुजरा नगरपालिका वडा नम्बर पाँचको वडा अध्यक्षमा पराजित एक जना नगर कार्यपालिका सदस्य बन्नकै लागि मुस्लिमबाट दलित बनेका छन् । जिल्लाको गुजरा नगरपालिका वडा नम्बर पाँचका पूर्व वडा अध्यक्षसमेत रहेका अहिले वडा अध्यक्षमा पराजित मोहमद अरिफ मियाँले आफु मुस्लिम समुदायको व्यक्ति भए पनि स्थानीय प्रशासनबाट दलित प्रमाणित गराएर कार्यपालिका सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् ।

मियाँ बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा जनता समाजवादी पार्टीको तर्फबाट वडा अध्यक्षमा पराजित भए पछि उनले कार्यपालिका सदस्यको पद प्राप्त गर्ने लोभमा आफुलाई स्थानीय प्रशासनबाट दलित प्रमाणित गराउन सफल भएका हुन् ।

आफु मुस्लिम भए पनि वडा अध्यक्षलाई आफ्नो बसमा ल्याएर इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरबाट दलित प्रमाणित गराउन सफल भएका हुन् । उनले आफुलाई स्थानीय प्रशासनबाट दलित प्रमाणित गराउन सफल भए पनि उनी विरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेपछि गैर कानुनी काम गरेको खुलासा भएको छ ।

 

उजुरी परेपछि निर्णयका लागि निर्वाचन आयोगमा पठाएका छौ : निर्वाचन अधिकृत शर्मा
मुस्लिम समुदायको व्यक्ति भएर पनि आफु दलित समुदायको भन्दै स्थानीय प्रशासनबाट दलित प्रमाणित कागज पेश गरेको मियाँ बिरुद्ध निर्वाचन अधिकृतको कार्यालमा उजुरी परेपछि कार्यालयले उजुरीमाथी छानविन प्रक्रिया अघि बढाएको छ । गुजरा नगरपालिकाका निर्वाचन अधिकृत बद्रीनारायण शर्माका अनुसार निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी बद्धर गर्न नसक्ने भएकाले आवश्यक निर्णयका लागि निर्वाचन आयोगमा लेखि पठाउको हो । उनले भने, ‘निर्वाचन अधिकृतको कार्यालयलाई बद्धर गर्ने अधिकार छैन । यस सम्बन्धमा आवश्यक निर्णय गरेर पठाउनका लागि निर्वाचन आयोगमा लेखि पठाइसकेका छौ । उताबाट के आउँछ त्यसै आधारमा हामी निर्णय गर्छौ ।’

आवश्यक निर्णय गर्न भनिसकेका छौ : प्रमुख निर्वाचन आयुक्त थपलिया
निर्वाचन आयोगले भने ऐन र निर्देशिका अनुसार निर्णय गर्न निर्वाचन अधिकृतको कार्यालयलाई पत्राचार गरिसकेको जनाएको छ । स्थानीय तहको निर्वाचन सम्बन्धी ऐन, २०७३ र गाउँ कार्यपालिका तथा नगर कार्यपालिका निर्वाचन, २०७८ अनुसार आवश्यक निर्णय गर्नका लागि निर्वाचन अधिकृतको कार्यालयलाई पत्राचार गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

उनले भने, ‘को कुन जाती हो भनेर यत्तिकै निर्वाचन अधिकृतको कार्यालयले छुट्याउन सक्दैन । स्थानीय तह र स्थानीय प्रशासन कार्यालयले गलत निस्सा दिन्छ भनेर हामीले अनुमान पनि गर्न सक्दैन । दियो भने ति निकाय नै जिम्मेवार हुनुपर्छ । निस्सा अनुसार नै मनोनयन पत्र दर्ता हुन्छ र सदर हुन्छ । यसको निर्णय गर्ने अधिकार निर्वाचन अधिकृतको कार्यालयलाई कानुन सम्मत निर्णय उसैले गर्ने हो । निर्वाचन अधिकृतको कार्यालयले पठाएको पत्र प्राप्त गर्नासाथ ऐन र निर्देशिका अनुसार आवश्यक निर्णय गर्नु भनेर पत्राचार गरिसकेका छौ ।’

वडा अध्यक्ष शेख जमालुदिनले गरे गल्ति स्विकार
इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरलाई दलित प्रमाणित गरिदिनका लागि सिफारिस गर्ने गुजरा नगरपालिका वडा नम्बर पाँचका वडा अध्यक्ष शेख जमालुदिनले आफुले गल्ति गरेको स्विकारेका छन् । उनले भने, ‘म बाट नहुनुपर्ने गल्ति भयो । वडा सचिवलाई विस्वास गरेर मैले हस्ताक्षर गरे । यसमा मेरो कमजोरी भयो । माफि चाहान्छु ।’

वडा अध्यक्षको सिफारिस अनुसार प्रमाणित गरेका हौ : इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुर
इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुर रौतहटले वडा अध्यक्षको सिफारिस अनुसार नै दलित प्रमाणित गरेको स्विकार गरेको छ । वडा अध्यक्ष र स्वयम व्यक्तिले जानाजान सिफारिस गरेकोले यस्तो हुन पुगेको इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका कार्यालय प्रमुख गणेश नेपालीले बताए ।

उनले भने, ‘इलाका प्रशासन कार्यालयमा कार्यरत कर्मचारीले वडा अध्यक्षबाट आएको सिफारिस भएकै आधारमा दलित प्रमाणित गरिदिनुभयो । उहाँ पनि नयाँ कर्मचारी हो । उहाँलाई दर्जी भनेपछि दलित नै हो भन्ने लाग्यो । क कहाँसम्म पुगेको भए सम्भव त अघि बढ्ने थिएन होला । दलित प्रमाणित सम्मको काम कर्मचारी तहबाट नै हुने भएकाले त्यतैबाट भयो र यो कमजोरी हुन पुग्यो । यसमा सबैभन्दा बढी जिम्मेवारी स्वमय व्यक्ति नै हुने भयो र त्यसपछि वडा अध्यक्ष पनि जिम्मेवारी हुने भयो । केहि न केहि हाम्रो पनि कमजोरी भयो । त्यसैले हामीले ति व्यक्तिलाई सोमबारसम्म दलित प्रमाणित कागज ल्याएर आउन भनिसकेका छौ ।’ निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेपछी र त्यहाँबाट जाँचबुझ भएपछि मात्र आफुले यस बारेमा जानकारी पाएको कार्यालय प्रमुख नेपालीले बताए ।

सोमबार बसेर यो बिषयमा छलफल गर्छौ : दलित आयोग
यस विषयमा राष्ट्रिय दलितआयोगलाई पनि जानकारी भइसकेको छ । यस घटनाबारे आयोगको ध्यनाकर्षण भइसकेकाले यसबारेमा सोमबार छलफल गरिने आयोगका अध्यक्ष देवराज विश्वकर्माले बताए । ‘यस घटनाबारे आयोगलाई जानकारी भइसकेको छ । शनिबार र आइतबार बिदा भएको हुनाले हामी सोमबार बसेर यो विषयमा छलफल गर्छौ र हामी कारवाही प्रक्रिया अघि बढाउछौ ।’ आयोगले मिया दर्जी दलित समुदाय भित्र नपरेको पनि स्पष्ट पारेको छ । आयोगले गरेको थर सूचीकरणमा पनि मिया दर्जी भन्ने कुनै पनि थर सूचीकरण भएको देखिदैँन ।

वडा अध्यक्षकै सिफारिसका आधारमा प्रमाणित गर्न मिल्दैन : प्रमुख जिल्ला अधिकारी
जिल्ला प्रशासन कार्यालय रौतहटले वडा अध्यक्षकै सिफारिसका आधारणमा दलित प्रमाणित गर्न नमिल्ने जनाएको छ । वडा अध्यक्षले गरेको सिफारिसलाई पनि कर्मचारीले कुनै कुरामा अनविज्ञ भएमा आफु भन्दा माथिल्लो तहको कर्मचारीसँग सोधपुछ गर्नुपर्ने वा ऐन, कानुन हेरेर निर्णय गर्नुपर्ने रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले बताए ।

उनले भने, ‘स्थानीय प्रशासनको कमजोरी देखिए आवश्यक कारवाही हुने जनाएको छ । स्थानीय निकायबाट सिफारिस आए पनि स्थानीय प्रशासन राम्रोसँग हेरफेर नगरेर प्रमाणीत गरेको भेटिए सम्बन्धित कर्मचारीलाई कारवाही हुन्छ ।’ प्रमुख जिल्ला अधिकारी शाहीले इलाका प्रशासन कार्यालयको कमजोरी पनि देखिएको स्विकार गरे ।

पूर्व वडा अध्यक्ष मोहमद आरिफ मियाँ कसरी मुस्मिलाट दलित भए ?
जनता समाजवादी पार्टीको तर्फबाट गुजरा नगरपालिका वडा नम्बर ५ को वडा अध्यक्षमा पराजित मोहमद आरिफ मियाँ पूर्व वडा अध्यक्ष पनि हुन् । निर्वाचनको अन्तिम मत परिणाम अनुसार वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार शेख जमालुदिन निर्वाचित भए । पूर्व वडा अध्यक्ष रहेका मियाँ ३ सय ७८ मत प्राप्त गरेर चौथो नम्बरमा आए । त्यसैको झोकमा उनले वडा कार्यालयमा आफु दलित भएको भन्दै दलित प्रमाणित गरिदिन वडा कार्यालयमा निवेदन दिए ।

उनी मुस्लिम समुदायको हुदाँ हुदैँ पनि भर्खरै स्वतन्त्रबाट निर्वाचित वडा अध्यक्ष जमालुदिनले मियालाई दलित प्रमाणित गरिदिए । त्यसैको फाइदा उठाउदैँ मियाले दलितको तर्फबाट नगर कार्यपालिका सदस्यका लागि निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराउन सफल भए ।

मुस्लिम समुदायको व्यक्ति भएर पनि दलित समुदायको भएको भन्दै गैर कानुनी दलित प्रमाणित गराएर नगर कार्यपालिका सदस्यमा उम्मेदवारी दिए पछि उनी विरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजरी पर्यो । उनी विरुद्ध उजुरी परेपछि निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आयोगलाई नै आवश्यक निर्णय गर्नका लागि पत्राचार गर्यो ।

निर्वाचन आयोगले पत्र प्राप्त गरेकै दिन सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयललाई कानुन अनुसार निर्णय गर्न भनेर लेखि पठाइसकेको छ । त्यसै आधारमा  निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी विरुद्ध परेको उजुरी अनुसार मोहमद आरिफ मियाको उम्मेदवारी रद्ध गर्नेछ ।

 

 

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID