नेपालका होटलबाट सिंगल युज प्लास्टिक हटाइने

गणतन्त्रनेपाल समाचारदाता, दाङ

नेपालका होटलले अब एक पटकमात्र प्रयोग गर्न मिल्ने प्लास्टिक प्रयोग बन्द गर्ने भएको छ ।

होटल संघ नेपाल (हान) ले बुधबार एक कार्यक्रम गरी एक पटक मात्र प्रयोग हुने प्लास्टिक (सिङ्गल युज प्लास्टिक) हटाउने अभियान प्रारम्भ गरेको हो ।

अब होटलले प्लास्टिकबाट बनेका एक पटक प्रयोग गरेर फाल्नुपर्ने ब्रस, काइयो, प्लास्टिक चप्पल, प्याकिङ प्लास्टिकसहित होटलका कोठामा प्रयोग हुने प्लास्टिक जन्य सामाग्रीको प्रयोग पनि बन्द गर्नेछन् ।

हानका अनुसार यो अभियान ठूला होटलबाट प्रारम्भ भएको छ र क्रमश सबै होटलमा कार्यान्वयन हुनेछ । हानकी अध्यक्ष सिर्जना राणाले संसारभरका होटलमा प्लास्टिक मुक्त कोठाको माग बढिरहेकाले नेपालमा पनि यो प्रयास थालेको बताइन् ।

हानका प्रथम महासचिव विनायक शाहले आगामी दुई वर्ष भित्र भने नेपालका सबै होटलबाट एक पटकको प्रयोगपछि नै फ्याँक्नु पर्ने प्लास्टिकजन्य प्रदार्थको प्रयोग बन्द गर्ने दाबी गरे ।

जलवायु परिवर्तनप्रति सचेतता अपनाउँदै यो अभियान प्रारम्भ गरिएको शाहले जानकारी दिए । ‘यो कुनै व्यापारिक अभियान होइन, कुनै विदेशी दाता हाम्रो साथमा हुनुहुन्न’, उनले भने, ‘हामी नेपाल सरकारको प्लास्टिकमुक्त अभियानमा सहभागी भएका हौं ।’

हानको यो अभियानलाई होटल व्यवसायी महासंघ, होमस्टे एसोसिएसन, हानका क्षेत्रीय समितिहरुले पनि सथ दिएका छन् ।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID