पूर्वअर्थमन्त्री पाण्डेको प्रश्न, ‘मल खरिदमा आधा बजेट कटौती गर्ने अनि उत्पादन वृद्धि गर्छु भन्ने ?’

गणतन्त्रनेपाल समाचारदाता, दाङ

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारको बजेट नीतिमाथि प्रश्न उठाएका छन् । बुधबार जारी प्रतिनिधिसभामा बजेटको कार्यक्रममाथिको छलफलमा बोल्दै पाण्डेले कृषि मलको आपूर्ति विना कृषि उत्पादन कसरी हुनसक्छ भनेर प्रश्न गरे ।

‘सरकारले बजेट मार्फत धान, मकै गहुँ लगायतका केही कृषिजन्य वस्तुको आयात ३० प्रतिशतले कटौती गर्ने भनेको छ । बजेट पुरै कृषि उत्पादनमा केन्द्रित भएको भनिएको छ । तर मल नै नभई कसरी उत्पादन वृद्धि हुन्छ, अर्थमन्त्री ज्यू ?’ प्रतिप्रश्न गर्दै पूर्वमन्त्री पाण्डेले भने, ‘चालु आर्थिक वर्षको भन्दा अझ मल आयातमा बजेट कटौती गरेर कसरी उत्पादनमा जान सकिन्छ ?’

आगामी आर्थिक वर्षका लागि सरकारले मल खरिदका लागि १५ अर्ब रुपैयाँ छुट्याएको छ । तर, चालु आर्थिक वर्षमा नै २७ अर्ब रुपैयाँ मल खरिदकै लागि छुट्याइएकामा यस पटक घटाइनु र कृषि उत्पादनमा केन्द्रित हुने भन्नु सरकारको विरोधाभास तर्क भएको उनले बताए ।
चालु आर्थिक वर्ष १० महिनामा नै ४८ अर्ब रुपैयाँ बराबरको चामल र १५ अर्ब रुपैयाँ बराबरको मकै आयात भइसकेको भन्दै पूर्वमन्त्री पाण्डेले यो अझ बढ्न सक्ने बताए ।

भारतबाट १ खर्ब ५० अर्ब मेट्रिक टन मल आयात हुँदै गरेको भनिएपनि अत्यावश्यक समयमा कृषकहरुले मल नपाएको उनले बताए

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID