बाटो नहुँदा आवत जावतमा कठिनाई

आलोक भावुक

गढवा, जेठ १७ आजको समयमा पनि बाटो नहुँदा आवत जावत मा समस्या छ भनेको सुन्दा जो कोही लाई पनि अचम्म लाग्न सक्छ तर यो सत्य हो। गढवा गाउँपालिका वडा नम्बर – ६ बनकट्टी गाउँमा आज पनि गाडी एम्बुलेन्स दमकल जस्ता अति आवश्यक सवारी साधन जान सक्ने बाटो बनेको छैन। लगभग ४५ घर रहेको यस गाँउमा आज पनि बिकाशको मुख देख्न पाइएको छैन।

गढवा गाउँपालिका भित्र पर्ने यो वडा स्थानीय सरकारको आँखा नपर्नु दूखद भएको स्थानीय बासी देव राज यादवको भनाई रहेको छ। बाटो छ तर मुस्किलले साईकल र मोटरसाइकल जान्छ। यादव समुदायको बाहुल्यता रहेको यस गाउमा अधिकांश घर छानोको रहेको छ । आगलागी हुँदा दमकल समेत जान सक्ने अवस्था नरहेको यादव बताउनु हुन्छ। पालिका र वडामा करोडौँ बजेट आउछ तर हाम्रो गाँउलाई अहिले सम्म राम्रो बाटो बनाइदिन कुनैपनि सम्बन्धित निकायले पहल गरेको छैन स्थानीय अनारकली यादव को गुनासो रहेको छ।

चारै तिर पक्की सडक र पक्की नाला बनेको छ हाम्रो गाउलाई कसैले पनि बजेट पार्दैन यादव बताउनु हुन्छ। निर्बाचनको समयमा बाटो बनाईदिन्छौ भोट दिनुस भनेर बिभिन्न पार्टी का नेताहरु भोट माग्ना आउछन् तर चुनाब जितेपछी फर्केर पनि हाम्रो गाँउमा आउँदैनन् स्थानीय युवा रामदाश यादवको आरोप रहेको छ। घोषणापत्रमा हरेक क्षेत्रको बिकाश गर्छौ भनेर चर्को नारा लगाउने तर चुनाब जितेपछी सबै बिर्सिने प्रबृतिले जनतामा आक्रोश र निराशा छाएको यादवको भनाई रहेके छ । अब को स्थानीय सरकारले यस बनकट्टी गाँउको बिकाशमा वडा र पालिकाले ध्यान दियोस्। पालिका भित्रका सबै वडालाई जोड्नका लागी बाटोलाई पहिलो प्रथामिक्तामा राखेर बिकास गर्छ कि भन्ने आश पलाएको छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID