
काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेका छन्।
मेयर भएपछि उनले पहिलो पटक प्रधानसेनापतिसँग भेट गरेका हुन्।
मेयरको सपथ लिएर कार्यभार सम्हालेलगत्तै सैनिक मुख्यालय जंगीअड्डा गएर उनले भेट गरेका हुन्।
भेटमा मेयर शाहले विपत् व्यवस्थापनलगायत राष्ट्रिय सुरक्षामा नेपाली सेनाले पुर्याएको योगदानको प्रशंसा गरे भने प्रधानसेनापति शर्माले मेयर शाहलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गरे।
आगामी दिनमा महानगरपालिका र नेपाली सेनाबीच सहकार्य समेत गरिने कुरा भएको बताइएको छ।
Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']




