गढवा गाउँपालिका काे कार्यपालिकाकाे निर्वाचन सम्पन्न

गणतन्त्रनेपाल समाचारदाता, दाङ

गढवा गाउँपालिका काे कार्यपालिकाकाे निर्वाचन सम्पन्न भएकाे छ । जनप्रतिनिधिहरुले जनप्रतिनिधि छान्नका लागि आज गढवा गाउँपलिकामा भएकाे निर्वाचनमा माओवादीसहितकाे गठबन्धन विजय भएकाे छ । कार्यपालिका निर्वाचनमा ४२ जना जनप्रतिनिधिहरुले मतदान गर्नुभएकाे थियाे ।  कार्यपालिकामा माओवादीसहितकाे गठबन्धनकाे संख्या कम थियाे । सहमति हुन नसकेपछि निर्वाचन भएकाे थियाे । निर्वाचनमा माओवादीसहितकाे गठबन्धन विजय भएकाे छ । विजय हुनेहरुमा हेमन्ती कुमाल (४२ मत ), मान बाहादुर नेपाली (४२ मत), सुर्य बहादुर नेपाली( २३ मत), चन्द्रा के सी (२२ मत), मिना पुन (४२ मत), रमा भण्डारी (२१ मत) ल्याई विजय हुनु भएकाे छ ।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID