दाङको मिनी ट्रकको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत भालुबाङबाट लमही आउँदै गरेको लु.अ.अ.जे ७००३ नम्बरको मिनी ट्रकले राप्ती गाउँपालिका–४ श्रीनारायण चोक नजिकै ठक्कर दिंदा सोही ठाउँका ५२ वर्षीय बोलु गिरीको मृत्यु भएको हो ।
बिहान ५ बजे गिरी सडकको छेउमा हिंडिरहेका बेला ट्रकले ठक्कर दिएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक सुजनविक्रम शाहाले जानकारी दिए । ट्रकको ठक्करबाट गिरीको घटनास्थलमै मृत्यु भएको उनले बताए ।
मृतकको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मा प्रकाशित