दाङकाे गढवा गाँउपालिकामा राताे केरा उत्पादन

गणतन्त्रनेपाल समाचारदाता, दाङ
दाङकाे  गढवा गाउपालिकामा पहिलो पटक नयाँ प्रजातिकाे केरा उत्पादन  भएकाे छ ।
“रातो केरा हुन्छ रे भन्ने कुरा २०७५ सालमा हल्ला सुनेकाे थिए  ।त्यसपछी यस्को बारेमा नेट ईन्टरनेट , फेस्बुकमा राम्राे अध्ययन गर्ने  अवसर मिल्याे । अनि त्यसपछि बेर्ना खोज्न तिर लागे शुरुआतमा प्रति पिस १६० को मुल्यमा १०० वटा रातो केराको बेर्ना २०७८/१/१३ गतेको दिन लगायको हु अहिले १३ महिना नपुग्दै प्रतिफल चाहिँ दिएको छ ।यहाँ हुन्छ कि हुदैन भन्ने डर थियो  केही हक सम्म त्यो डर कम भयो ।
बैशाख ३० को हावाहुरिले २५-३० वटा बोट चाहिँ पुरै ढाल्दिएकाेले केही नोक्सान चाहि गरेको छ ।
नेट ईन्टरनेटमा मैले रातो केरा देखेको थिए तर प्रत्यक्षमा देखेको थिएन तर अहिले आफै रोपेर , मलजल गरेर , बिरुवा हुर्काएर आफै फलाएर आफैले पनि प्रत्यक्षमा देख्न पाए ।” टेकेन्द्रराज रावत  क्षेत्रीले जानकारी दिनुभयाे ।
स्थानीय तहले नयाँ प्रतिनिधि पाउदै गर्दा दाङ जिल्लाले र मुख्यतय  गढवा गाँउपालिकाले नया प्रकारकाे केरा उत्पादन भएकाे छ यसमा स्थानीय तहको ध्यानाकर्षण होस । उनले भने ।
सम्बन्धित निकायकाे सहयाेग पाए यसलाई व्यावसयिक  रुपमा अगाडि बढाउदै लैजाने उनले जिकीर गरे ।
मा प्रकाशित