तुलसीपुरमा १९३५४ मत गन्दा कांग्रेसका गेहेन्द्र गिरी १११ मतले अगाडि

गणतन्त्रनेपाल समाचारदाता, दाङ

तुलसीपुर उपमहानगरपालिकामा १९३५४ मत गन्दा नेपाली कांग्रेसका मेयरका उम्मेदवार गेहेन्द्र गिरीले १११ मतले अगाडि
छन्।

पछिल्लो मत परिणाम अनुसार गठबन्धनका साझा उम्मेदवार गिरीले ७९९९ मत प्राप्त गरेका छन्। त्यस्तै, नेकपा एमालेका मेयर पदमा उम्मेदवार टीकाराम खड्काले ७८८८ मत प्राप्त गरेका छन्।

त्यस्तै, उपमेयर पदमा एमालेकी उम्मेदवार श्यानी चौधरीले सुरूदेखिकै अग्रता कायम राखेकी छन्।

चौधरीले ७३२३ र गठबन्धनबाट उपमेयरका उम्मेदवार नेकपा एकीकृत समाजवादीका जोगबहादुर राना मगरले ६१८९ मत प्राप्त गरेका छन्। एमालेकी चौधरी रानाभन्दा ११२४ मतले अगाडि छिन्।

अहिले वडा नं. ३ र ६ मा गणना जारी छ। वडा नं. ३ को अध्यक्षमा एमालेका वीरबहादुर विकले १३१३ मत प्राप्त गरेका छन् भने गठबन्धन दलबाट नेकपा एकीकृत समाजवादीका मंगल नेपालीले १०४८ मत प्राप्त गरेका छन्। उनीहरू नाताले काका भतिजा हुन्।
त्यस्तै, वडा नं. ६ मा कांग्रेसका लोकराज डाँगी र एमालेका दुजमान भण्डारीले बराबर मत प्राप्त गरेका छन्।

दुबैले १३६० मत प्राप्त गरेका छन्।

अहिलेसम्म तुलसीपुर १, २, ४ र ५ नम्बर वडाको मात्रै मतगणना सकिएको छ। १ र ४ मा गठबन्धनबाट माओवादी केन्द्र,  २ नम्बरमा एमाले र वडा नं. ५ मा नेपाली कांग्रेसले जितेको छ।

तुलसीपुरमा १९ वडाहरू छन्। यहाँ ७० हजार बढी मतदान भएको छ।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID