सिंहदरबारभित्र रूखको हाँगा भाँचिएर लाग्दा राष्ट्रिय अनुसन्धान विभागका एक सूचकको मृत्यु भएको छ ।
बुधवार राति पौने ८ बजे सिंहदरबारभित्र रहेको राष्ट्रिय अनुसन्धान विभाग परिसरमा हावाहुरीका कारण एक्कासि रूखको हाँगा भाँच्चिएर लाग्दा २५ वर्षीय विजय कार्कीको मृत्यु भएको हो ।
प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार पाल्पाको रम्बा गाउँपालिका–५ घर भई राष्ट्रिय अनुसन्धान विभागमा सूचकको रूपमा कार्यरत कार्कीको मृत्यु भएको हो ।
‘रुखको हाँगा नै उहाँको टाउकोमा खस्दा गम्भीर घाइते हुनुभएको थियो,’ मैनालीले गणतन्त्रसँग भने, ‘उपचारका लागि उहाँलाई तत्काल नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा लगिएको थियो । उपचारको क्रममा राति सवा ११ बजे उहाँको मृत्यु भयो ।’
मा प्रकाशित