दाङ्गकाे लमही नगरपालिकामा कांग्रेस विजय

गणतन्त्रनेपाल समाचारदाता, दाङ जेठ

दाङ्गकाे लमही नगरपलिकामा नेपाली कांग्रेस विजयी भएकाे छ । ९ वडामध्ये ८ वडा कांग्रेसले जितेकाे छ । वडा नम्बर ५ मात्रै माओवादी केन्द्रले जितेकाे छ । २०७४ मा मेएर जितेकाे एमाले यसपपटक शुन्य भएकाे छ ।

मेएरमा कांग्रेसका जाेगराज चाैधरी २ हजार ३२ मतान्तरले विजयी हुनुभएकाे छ । उहाले ९ हजार ३ सय १७ मत प्राप्त भएकाे थियाे । चाैधरी २०७४ मा एमालेका कुलबहादुर के सी सँग पराजित हुनुभएकाे ।

निकटम प्रतिस्पर्धी माओवादी केन्द्रका वसन्तराज शमाले ७ हजार २ सय ८५ मत प्राप्त गनुभएकाे छ । यस्तै एमालेका दण्डीराम चाैधरीले ५ हजार ५ सय ३ मत प्राप्त गनुभएकाे छ ।

उपमेएरमा कांग्रेसकी लक्ष्मी याेगी ८ हजार ७ सय ३७ मतका साथ विजयी  हुनुभएकाे छ । निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रकी गंगा पाण्डेले ५ हजार ८ सय ४८ र एमालेकी सुशिला शमाले ५ हजार ३ सय १२ मत प्राप्त गनुभएकाे छ ।

कांग्रेसका लमही  नगरपलिका १ दमाेदर पाैडेल ,२ नेपालु चाैधरी , ३ मनाेज चाैधरी, ४ मा सुवास न्याैपाने , ५ श्यामनारायण चाैधरी ,६ माेहन गिरी, ७ मा उमेश खड्का ,८ भेष बहादुर के सी निर्वाचित हुनुभएकाे छ । लमही ५ मा भने माओवादीका ओम प्रसाद सुवेदी  निर्वाचित हुनुभएकाे छ । कांग्रेसबाट चार वटा वडामा पुरानै वडा अध्यक्ष दाेहाेरिएका छन् ।

मा प्रकाशित